• ६ जेठ २०८१, आइतबार

एभिनियर फुटबल क्लब क्यामरुन फाइनलमा

blog

निशा राई

धरान, फागुन १८ गते। २३ औं बुढासुब्बा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा  एभिनियर फुटबल क्लब क्यामरुन फाइनल खेलमा प्रवेश गरेको छ। धरान रङ्गशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा एभिनियर फुटबल क्लब क्यामरुनले एन्फा मोरङलाई २-० गोलले हरायो। 

एभिनियर फुटबल क्लब क्यामरुनको जितमा टिम्बाले खेलको ४३ औं मिनेटमा १ गोल लगाउनुभएको थियो भने हाफ पछी एन्फा मोरङले आत्मघाती १ गोल लगाएर एभिनियर फुटबल क्लब क्यामरुनले फाइनल खेलमा स्थान जमाएको हो।

 खेलको प्लेयर अफ दि म्याच एभिनियर फुटबल क्लब क्यामरुनका डिन हुनुभयो। उहाँले नगद उहाँले १० हजार नगद पुरस्कार प्राप्त  गर्नुभयो। २३ औं बुढासुब्बा गोल्डकपको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपियाँ पाउनेछन्। बुढासुब्बा गोल्डकपको फाइनल खेल आगामी शनिवार हुनेछ।