• ३ जेठ २०८१, बिहिबार

प्रधानमन्त्रीसमक्ष युवा परिषद्को वार्षिक प्रतिवेदन पेस

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राष्ट्रिय युवा परिषद्ले वार्षिक प्रतिवेदन पेश गर्दै परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत । तस्बिर: प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, फागुन १७ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राष्ट्रिय युवा परिषद्ले वार्षिक प्रतिवेदन पेश गरेको छ। आज उहाँलाई सिंहदरबारस्थित प्रधामन्त्री कार्यालयमा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले प्रतिवेदन बुझाउनुभएको हो। 

परिषद्ले आर्थिक वर्ष २०७८–७९ मा गरेका काम र गतिविधि समेटिएको छ। राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा २४ को उपदफा २ बमोजिम वार्षिक प्रतिवेदन बुझाइएको बस्नेतले जानकारी दिनुभयो। 

प्रतिवेदनमा परिषद्ले वर्षभरिमा युवा उद्यमशीलता, स्वयंसेवक विकास तथा परिचालन, प्रतिभा पहिचान तथा प्रोत्साहन, सहुलियतपूर्ण कर्जा सहजीकरण र वित्तीय साक्षरतालगायतका कार्यक्रम समेटिएका छन्। 

त्यसैगरी विज्ञान तथा प्रविधि प्रवर्धन, नवप्रवर्तन तथा इन्कुवेसन, नेतृत्व विकास कार्यक्रम, नमुना युवा संसद् अभ्यास, विद्यालय उद्यम कार्यक्रमलगायतका कार्यक्रम प्रतिवेदनमा उल्लेख गरिएको छ। 

प्रतिवेदन बुझाउँदा उपाध्यक्ष बस्नेतसहित युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, सहसचिवद्वय शिवराम न्यौपाने र इमनारायण श्रेष्ठ, परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्मा र राजेश मैनालीसहितको उपस्थिति थियो। युवाको नेतृत्वका विकास गर्नका लागि सरकारले युवा परिषद् गठन गरेको छ।