चितवन, फागुन १६ गते । चितवनको भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित पुलबाट नारायणी नदिमा हाम फालेका एक युवकलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
सोमबार साँझ खैरहनी नगरपालिका–९ बस्ने २० वर्षीय मनिष महतोले नारायणी नदिमा हाम फाल्नुभएको थियो । लगत्तै नारायणी किनारमा गोताखोरसहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल ईमिडियट रेस्पोन्स टिम (आईआरटी) पोष्ट पुल्चोकले महतोलाई घटनास्थलभन्दा करिब एक किलोमिटर तल नदिको बीचबाट जीवितै उद्धार गरेको हो ।
उद्धार पश्चात् महतोलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ पठाइएको छ ।