• १३ साउन २०८१, आइतबार

दोलखाको कालिन्चोकलगायत उच्च हिमाली क्षेत्रमा हिमपात

blog

हिमपात सुरु भएको कालिन्चोक। तस्बिर : सामाजिक संजाल

सुजन काफ्ले

चरीकोट, फागुन १४ गते। प्रसिद्ध पर्यटकीय गन्तव्य कालिन्चोकमा आइतबार दिउँसोबाट हिमपात सुरु भएको छ। मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि कालिन्चोक क्षेत्रमा हिमपात सुरु भएको हो।

आइतबार दिउँसो ४ बजेबाट सुरु भएको हिमपात निरन्तर जारी रहेको सुनापाती होटल सञ्चालक हरि वलीले बताउनुभयो। जिल्लाको मुख्य पर्यटकीय स्थलका रूपमा चिनिने कालिन्चोक, जिरी शैलुङ खरीढुङ्गालगायतका क्षेत्रमा पनि हिमपात सुरु भएको छ।

३८४२ मिटरको उचाइमा रहेका कालिन्चोक क्षेत्रमा विगतका वर्षमा यो वर्ष भने पहिलोपटक हिमपात भएको हो। कालिन्चोकको कुरी, मन्दिर रहेको टापु, गणेश थुम्का, गैरीलगायत ठाउँमा हिमपात भएको व्यवसायी बताउनुहुन्छ। हिमपातमा सधैँ पर्यटक भरिभराउ हुने कालिन्चोकमा यो वर्ष हिमपात नहुँदा  पर्यटकको चहलपहल खासै बढेको थिएन।

पछिल्लो समय कालिन्चोकमा हिउँ खेल्न नेपालको तराई तथा काठमाडौं उपत्यकासँगै भारतको विभिन्न ठाउँबाट समेत ठूलो सङ्ख्यामा पर्यटक आउने गरेका थिए। कालिन्चोकको कुरीमा झन्डै ९० सय वटा साना तथा ठूला होटल छन्।