• ७ जेठ २०८१, सोमबार

साताका सात तस्बिर

blog

नुवाकोटमा जारी सातौँ नुवाकोट महोत्सवको अन्तिम दिन ६० केजी तौल र १० फिट लामो खुकुरी प्रदर्शन गरिँदै । लिखु गाउँपालिकाका उद्यमी तुलबहादुर विकले सो खुकुरी आफैँ बनाउनु भएको हो । तस्बिर : नवराज सुवेदी


फागुन ७ गते टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवसको कार्यक्रम । तस्बिर : केशब गुरुङ 

राजधानीको बालाजुमा डोजरको अगाडि बसेर काममा जाँदै मजदुर । मजदुरलाई जोखिमपूर्ण यात्रा गराउँदासमेत सम्बन्धित निकायले चासो दिएको देखिँदैन ।  तस्बिर : कविन अधिकारी 

कुशे गाउँपालिका–६ भार्म गाउँमा स्थानीय महिला मुसलले धान कुटेर चामल निकाल्दै । गाउँमा नजिकै आधुनिक मिल नहुँदा  परम्परागत ढङ्गले मुसलले चामल कुट्नुपर्ने बाध्यता रहेको छ । तस्बिर :  हेमन्त केसी,  रासस


तनहुँको बन्दीपुर गाउँपालिका–४,  विमलनगरस्थित सिद्धगुफाको पहाडमा पर्वतारोहणका लागि प्रशिक्षण लिँदै । यहाँ पर्वतारोहणको प्रथम श्रेणीको प्रशिक्षण गराउने गरिन्छ  । तस्बिर: मिला दरै/रासस


रूकुम (पश्चिम) को मुसिकोट नगरपालिका ७ स्थित रमणीय साँख गाउँ । तस्बिरः  सर्जना कार्की, रासस

सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँ पालिकामा रहेको  समुन्द्र सतहदेखि करिब चार हजार २०० मिटर उचाइमा अवस्थित  भैरव कुण्ड । जाडोमा यो ताल जम्ने गर्दछ । यहाँबाट विभिन्न हिमालहरूको दृश्य नियाल्न सकिन्छ । तस्बिर : देवराज सुवेदी/रासस