• २ माघ २०८१, बुधबार

मण्डलामा नाटक ‘मुनमुन’

blog

काठमाडौँ, फागुन ११ गते । मण्डला नाटकघरमा ‘मुनमुन’ मञ्चन भइरहेको छ । लेखक बुद्धिसागरको उपन्यास ‘फिरफिरे’मा आधारित नाटकलाई सम्राट भुजेलले नाट्य रूपान्तरण तथा निर्देशन गर्नुभएको हो । नाटकमा पुस्तकका केही पात्रमा केन्द्रित रहेर कथा बुनिएको छ । उपन्यासका प्रमुख पात्रहरू वसन्त र पवनको कथा नाटकमा देखाउन खोजिएको छ । 

दुवै साथीबीच देखाइने माया र द्वन्द्वलाई नाटकमा प्रस्तुत गरिएको छ । पवन र वसन्तबीच बाल्यकालमा भएका कुराहरू युवावस्थामा पनि उस्तै रहन्छ भन्ने प्रश्नको जवाफ नाटकभित्र पाइन्छ । नाटकमा मनिष ओझा, श्रीशेष श्रेष्ठ, सम्राट भुजेल, प्रवीण खरेल, सन्तोष गिरी, प्रशंसा सिवाकोटी, दिग्गज खत्री, सृष्टि महर्जन, दिपेश गजुरेल, अरुण शाह, सवि थापालगायत कलाकारको अभिनय छ । श्रीशेष श्रेष्ठको सहनिर्देशन रहेको नाटक फागुन २० सम्म मञ्चन हुनेछ ।