• १३ साउन २०८१, आइतबार

नक्कली किसान खडा गर्नेमाथि कारबाही गर्न सरकारसँग माग

blog

नेपाली कांग्रेसका सांसद शङ्कर भण्डारी । फाइल तस्बिर

काठमाडौं, फागुन १० गते। नेपाली कांग्रेसका सांसद श3ङ्कर भण्डारीले कृषि अनुदानका लागि नक्कली किसान खडा गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ। सांसद भण्डारीले उत्पादनको आधारमा कृषि अनुदान दिने व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो।

बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले किसानलाई समयमा मल, बीउ र सिंचाइको आवश्यक व्यवस्था मिलाउने काममा कसले अवरोध पु¥यायो भन्दै  सरकारलाई प्रश्न गर्नुभयो। उहाँले बिचौलियाले असाधारण नाफा कमाउने तर उपभोक्ता मारमा पर्ने गरी कृषि अनाजको खरिद गर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि सरकारलाई सुझाव दिनुभयो। 

सांसद भण्डारीले भन्नुभयो, ‘‘कृषिमा अनुदान नदिनाले हाम्रा उत्पादन महँगा छन्। कृषि अनुदान पनि वास्तविक किसानले पाउन मुस्किल छ। यदाकदा कसैले पायो भने त्यसभित्रको यथार्थ अर्कै छ। खेती गर्ने बेलामा बीउ छैन। चाहिएको बेलामा मल छैन। सिंचाइ गर्न पानी छैन। उत्पादन बेच्न बजार पाउन सकिँदैन। किसान ऋणमा चुर्लुम्ब डुबेका छन्। बिचौलियाले असाधारण नाफा कमाउँदा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन्। यो अवस्था अन्त्य कसरी गर्ने, कहिले गर्ने ? हाम्रा संरचना साँच्चै नै निकम्मा भएका छन ? गम्भीर प्रश्न उठेको छ। वास्तवमा किसानलाई उत्पादनको आधारमा अनुदान दिने व्यवस्था मिलाउनुपर्दछ। अनुदानमा नक्कली किसान खडा गर्नेलाई कारबाही गर्नुपर्दछ। मल, बिउँ र सिंचाइमा उपलब्ध गराउन हामीलाई केले छेकेको छ ? मैले बुझेको छैन। यसमा हाम्रो ध्यान जान जरुरी छ। यो कामको विषयमा पनि कुरा गर्नु आवश्यक छ। नेपालको वर्तमान अवस्थामा यो कुरा भयो भने यसले नेपालको वर्तमान अवस्थामा केही पनि गर्न सकिने अवस्था छैन। अभियानकै कारण यो काम गर्न सकिन्छ भन्ने नै हो।"

सांसद भण्डारीले कृषिमा आवश्यक अनुदानको व्यवस्था नहुँदा हाम्रा उत्पादनहरु महँगो पर्न गएको उल्लेख गर्दै सस्तोमा उत्पादन हुने गरी नीतिगत व्यवस्था मिलाउन पनि सरकारलाई दबाब दिनुभएको छ।