• २१ असार २०८२, शनिबार

इन्दिरा जोशीको ‘ॐ नमः शिवाय’ सार्वजनिक

blog

काठमाडौं, ९ फागुन । गायिका इन्दिरा जोशीको ॐ नमः शिवाय बोलको गीतको भिडियो सार्वजनिक भएको छ।  गीतमा शब्द, सङ्गीत र स्वर  इन्दिरा स्वयंकाे  छ। गीतको एरेन्ज सक्षम श्रेष्ठले गर्नुभएको हो। पशुपतिनाथ मन्दिर परिसरमा छायाङ्कन गरिएको भिडियोमा  इन्दिरा अहिलेसम्मकै भिन्न अवतारमा ‘जय शम्भो भोले जय जय’ भन्दै देखिनुभएको छ। 

भिडियोमा इन्दिराले भगवान् शिवको महिमाको वर्णन गर्नुभएको छ। गौरव विष्ट र झोलेको  छायाङ्कन रहेको भिडियोको सम्पादन विष्ट स्वयंले गर्नुभएको हो। मीन रावलको कलरिङ रहेको भिडियोको निर्देशन सक्षम श्रेष्ठले गर्नुभएको हो। भिडियो इन्दिरा जोशी अफिसियल च्यानलमार्फत बजारमा आएको हो।