• १९ असार २०८१, बुधबार

प्राविधिक शिक्षाको महत्त्व बढ्दो

blog

कावासोती समाचारदाता

कावासोती, फागुन ८ गते । प्राविधिक शिक्षाप्रति गाउँमा अझै आकर्षण बढ्न नसकेको गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभएको छ । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारको प्राथमिकतामा प्राविधिक शिक्षा परे पनि अपेक्षाकृत रूपमा प्राविधिक शिक्षामा अभिभावक र विद्यार्थीको आकर्षण नदेखिएको उहाँले बताउनुभयो । 

हुप्सेकोट प्राविधिक शिक्षालयको प्रथम शिक्षालय उद्घाटन गर्दै अध्यक्ष पाण्डेले सीटीईभीटी र हुप्सेकोट गाउँपालिकाको साझेदारीमा सञ्चालित हुप्सेकोट प्राविधिक शिक्षालयमा स्थानीय विद्यार्थीको सहभागिता बढाउँदै आगामी कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) गण्डकी प्रदेश प्रमुख प्रमोदभक्त आचार्यले गण्डकी प्रदेशमा सञ्चालित प्राविधिक शिक्षालयहरूमध्ये हुप्सेकोट प्राविधिक शिक्षालय उत्कृष्ट रहेको बताउनुभयो । स्थापनाको छोटो समयमा नै शैक्षिक गतिविधिलाई व्यवस्थित गर्दै लैजान शिक्षालय सफल भएकोमा उहाँले बधाई दिनुभयो ।