अर्जुन काफ्ले
स्याङ्जा, फागुन माघ ६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हल्ला नभई काम गरेर देखाउनुपर्ने बताउनुभएको छ । दक्षिण एसियाको पहिलो नमुना सामुदायिक होमस्टे सिरुबारीको रजत जयन्ती समारोहमा मन्त्री किराँतीले यस्तो बताउनुभएको हो ।
गाउँमा विकास नभए केही वर्षमा मलामीसमेत नपाइने अवस्था आएको प्रसङ्ग उल्लेख गर्दै मन्त्री किराँतीले घरबासको माध्यमबाटै आर्थिक उन्नति हुने बताउनुभयो । गाउँलाई खण्डहर बनाएर देशको विकास नहुने उहाँको धारणा थियो । मानिस जतिसुकै आधुनिक भएर जहाँसुकै पुगे पनि अन्ततः पुख्र्यौली ठेगानामा फर्केर आउनुपर्ने उहाँले बताउनुभयो ।
मन्त्री किराँतीले पुर्खाको सपना पूरा गर्नुपर्ने बताउँदै घरबासमा रैथाने स्वादको प्रयोग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । किराँतीले स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । सिरुबारी घरबासको थप विकासका लागि बृहत् योजना बनाएर आएमा सरकार लगानी गर्न तयार रहेको उहाँको भनाइ थियो ।
रजत जयन्तीमा सङ्घीय सांसद राजु थापा, गण्डकी प्रदेश सदस्य सरस्वती गुरुङ, कलाकार राजु गुरुङलगायतले सिरुबारी घरबासको प्रवद्र्धनमा आफ्नो पहल हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वदेशी विदेशी पाहुनालाई गाउँमा भिœयाएर गुरुङ सभ्यता तथा संस्कृति विश्वभर प्रचार तथा गाउँलाई आर्थिक रूपमा सम्पन्न बनाउने उद्देश्यका साथ २०५४ सालमा क्याप्टेन स्व. रुद्रमान गुरुङले होमस्टे सुरु गर्नुभएको थियो ।
आँधीखोला गाउँपालिका–१, पञ्चमूलका ४३ घरबाट सुरु भएको होमस्टे बसाइँसराइका कारण अहिले २२ घरधुरीमा सीमित छ । यस्तै मन्त्री किराँतीले शुक्रबारै अर्जुनचौपारी–६, थाप्लेमा रहेको दक्षिण एसियाको अग्लो बुद्धको मूर्ति अवलोकन गर्न‘भएको थियो ।
यस्तै माघ १ गते यती एयरलाइन्सको विमान दुर्घटनामा परेर निधन भएका पत्रकार त्रिभुवन पौडेलको परिवारलाई पोखरा पूmलबारीस्थित घरमै पुगेर उहाँले भेट्नुभएको थियो ।