• १२ मंसिर २०८१, बुधबार

द्वन्द्वकालमा विस्थापित प्रहरी चौकी पुनर्स्थापित

blog

प्रहरीचौकी पुनर्स्थापनामा सहभागी नगर प्रमुखसहितका सुरक्षा निकायका प्रमुखहरु । तस्बिर : प्रेमराज सिम्खडा ।

प्रेमराज सिम्खडा         

कालीकोट, फागुन १ गते । सशस्त्र द्वन्द्वमा विस्थापन भएको फुकोट प्रहरी चौकी पुनर्स्थापना गरिएको छ । विस्थापन भएको २४ वर्षपछि फुकोट प्रहरी चौकी पुनर्स्थापना पना गरिएको हो । 

२०५५ सालमा देशमा उग्ररूप लिएको सशस्त्र युद्वले गर्दा फुकोट प्रहरी चौकी विस्थापित भएर स्युनाको मौलाकोटमा सरेको थियो । मौलाकोटमा तत्कालिन दङ्गा प्रहरी नाम दिएको सुरक्षा फौजसँगै बसेको थियो । पछि सो फौज पनि २०५७ मा जिल्ला केन्द्रित भएको थियो । द्वन्द्वकालमा विस्थापित फुकोट प्रहरी चौकी स्थापनासँगै कालीकोटमा ३२ प्रहरी चौकी छन् । 

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जिल्लामा जम्मा तीन सय ८६ जना नेपाल प्रहरीको दरबन्दी रहे पनि हाल तीन सय ५१ जना प्रहरी रहेको उहाँले बताउनुभयो । जिल्लाका ९ वटै स्थानीय तहमा प्रहरी चौकी दश वटा छन । केही अस्थाई प्रहरी चौकीलाई जोड्दा ३२ पुगेको सुनाउनुभयो । फुकोट प्रहरी चौकी स्थापना गर्न रास्कोट नगरप्रमुख धर्मराज शाही, प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी र प्रहरी प्रमुख जयेश्वर रिमाल पुग्नुभएको थियो ।