• २५ वैशाख २०८१, मङ्गलबार

मेस्सी, एमबाप्पे र बेन्जेमा ‘फिफा द वेस्ट अवार्ड’को अन्तिम तीनमा

blog

‘फिफा द वेस्ट अवार्ड’को अन्तिम मनोनयनमा पर्न सफल तीन खेलाडी । तस्बिर : गोल डटकम

काठमाडौं, माघ २८ गते । विश्व फुटबल महासंघ (फिफा) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘फिफा द वेस्ट अवार्ड’को अन्तिम मनोनयनमा लियोनल मेस्सी, केलियन एमबाप्पे र करिम बेन्जेमा पर्नुभएको छ ।

फिफाले शुक्रबार राति सन् २०२२ का लागि प्रदान गरिने अवार्डका लागि अन्तिम तीन जनाको सुची सार्वजनिक गरेको हो । सुचीमा पर्न सफल मेस्सीले अर्जेन्टिनालाई फिफा विश्वकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निभाउनुभएको थियो ।

विश्वकपमा सात गोल गर्नुभएका मेस्सीले गोल्डेन बल समेत पाउनुभएको थियो । ३५ वर्षीय मेस्सीसँगै कतार विश्वकपमा उपविजेता बनेको फ्रान्सका युवा स्टार एमबाप्पे पनि दौडमा हुनुहुन्छ । विश्वकपमा सर्वाधिक आठ गोल गर्नुभएका २४ वर्षीय एमबाप्पेले गोल्डेन बुट समेत जित्नुभएको थियो ।

यस्तै चोटका कारण विश्वकपबाट बाहिरिनु भएका फ्रान्सकै स्टार बेन्जेमा सन् २०२२ को वालोन डी’ओर विजेता समेत हुनुहुन्छ । बेन्जेमाले क्लब फुटबलमा रियल म्याड्रिडको उपाधि यात्रामा महत्त्वपूर्ण योगदान गर्नुभएको छ । फिफाले यस अवार्डको फेब्रुअरी २७ तारिख भव्य समारोहबीच प्रदान गर्दछ । एजेन्सी