• ११ मंसिर २०८१, मङ्गलबार

जनजनमा जोडिएको स्वस्थानी

blog

नेपालीका प्रायःजसो घरमा अत्यधिक वाचन गरिने कथा हो– श्री स्वस्थानी व्रतकथा । के गाउँ के सहर सबै ठाउँमा उत्तिकै धार्मिक भावमा उत्साहित भएर यो कथा पढिन्छ । चार सय वर्षभन्दा पनि अघिदेखि सुरु भएको यो धार्मिक अनुष्ठानको परम्परा यद्यपि कायमै छ । स्वस्थानी शैव र वैष्णव कथालाई मिश्रण गरेर रचिएको कथा हो । यसमा शिव र विष्णुको अन्तरसम्बन्धलाई मूर्तरूप दिइएको छ । हरिहरको एकाकार रूपलाई दर्शाइएको छ । तथापि मूल रूपमा यो शिव र पार्वतीको प्रेम कथा हो; जसमा विभिन्न उपकथा समय र स्थानका हिसाबले मेल खाने गरी जोडिएको पाइन्छ ।

विशेष गरेर यसमा हिन्दु समाजमा व्याप्त रूढिवादी सोचलाई ध्यानमा राखेर कथालाई जनस्तरमा बढी ग्राह्य र रोचक बनाउने प्रयास गरिएको देखिन्छ । जसले गर्दा वर्तमान समयका शिक्षित नरनारीका लागि स्वस्थानी कथा तर्क असङ्गत, विश्वसनीय, भाग्यनिर्दिष्ट कारक, स्त्री द्वेषी आदि लाग्ने गर्छ । स्वस्थानी मूल कथाअन्तर्गत रहेको पीठ उत्पन्न कथालाई मूल कथाको रूप भन्न सकिन्छ । जुन पूर्वमा आसामदेखि पश्चिममा काश्मिरसम्मको भूभागमा फैलिएको छ । यो क्षेत्रलाई नै शैव क्षेत्र भनेर शिवपुराण, लिङ्ग पुराण, स्कन्ध पुराणलगायतका पुराणमा उल्लेख गरिएको छ ।

प्राचीनकालीन स्वस्थानी ग्रन्थमा स्वस्थानी कथा र व्रत विधि दुवैलाई भोजपत्रको आठ पानामा पूरा गरिएको इतिहास पाइन्छ । वर्तमान समयमा अन्य प्राचीन स्वस्थानीका मूलपात्रको वर्णनसमेत फरक ढङ्गमा राखेर ३१ अध्यायको ठूलो स्वस्थानी किताब तयार गरिएको छ । जसमा सृष्टि कथा, महादेव सतीदेवीको घटना, शिवपार्वतीका अन्य शृङ्खला आदि पछि थपिँदै गएको उल्लेख छ । यस कुराको पुष्टिका रूपमा सन् १९६४ मा विद्वान् वेत्तम मणिले मलयालम भाषामा लेखेको कोश र पछि त्यसलाई सन् १९७५ भारत दिल्लीका मोतीलाल वनारसी दासले अङ्ग्रेजी भाषामा प्रकाशित गरेको पौराणिक विश्वकोशको पाना पल्टाउन सकिन्छ ।

स्वस्थानी विविध पाठका रूपमा पाइन्छन् । कुनैमा व्रत विधि मात्र, कुनैमा कथा मात्र र कुनैमा व्रत विधिसहित कथा पाइन्छ भने नाटक, कविता आदिमा पनि यो लेखिएको छ । वि.सं. १७६९ मा मैथिली भाषामा ‘स्वस्थानी परमेश्वरी व्रतचरित्र’ र नेवारीमा जयप्रकाश मल्ल रचित ‘स्वस्थानी व्रतकथा नाटक’, दस अङ्कमा पूर्ण गरिएको सुरेन्द्रविक्रम शाह कृत हिन्दी स्वस्थानी कौतुक आदि कृति यसका उदाहरण हुन् । प्राचीनकालीन स्वस्थानी ग्रन्थमा स्वस्थानी कथा र व्रत विधि दुवैलाई भोजपत्रको आठ पानामा पूरा गरिएको इतिहास पाइन्छ । 

वर्तमानमा अर्को ठूलो स्वस्थानी किताब पनि तयार गरिएको छ । जसमा सृष्टि कथा, महादेव सतीदेवीको घटना, शिवपार्वतीका अन्य शृङ्खला आदि थपिँदै गएको उल्लेख छ । यस कुराको पुष्टिका रूपमा सन् १९६४ मा विद्वान् वेत्तम मणि मलयालम भाषामा लेखेका कोश र पछि त्यसलाई सन् १९७५ मा भारत दिल्लीका मोतीलाल वनारसी दासे अङ्ग्रेजी भाषामा प्रकाशित गरेका पौराणिक विश्वकोशको पाना पल्टाउन सकिन्छ । स्वस्थानीका विविध पाठ रूप पाइन्छन् र नाटक, कविता आदिमा यो लेखिएको छ । 

वि.सं. १७६७ मा मैथिली भाषामा ‘स्वस्थानी परमेश्वरी व्रत चरित्र’ र नेवारीमा जयप्रकाश मल्ल रचित ‘स्वस्थानी व्रतकथा नाटक’, दस अङ्कमा पूर्ण गरिएको सुरेन्द्रविक्रम शाह कृत ‘हिन्दी स्वस्थानी कौतुक’ आदि कृति यसका उदाहरण हुन् । हिन्दी लिपिमा भएको स्वस्थानी भजन तथा स्तुति र अच्युतानन्द राजोपाध्याय कृत ‘श्रीस्वस्थानी धर्म व्रतकथा’ पनि पाइएको उल्लेख छ । मूर्तिमा पनि स्वस्थानीको चित्र कोरिएको केही प्रमाण देखिन्छ ।

वि.सं. १७३० मा प्रताप मल्लले मखन तारिणी बहालमा शिवका गहनामा अक्षमाला, त्रिशूल लिएर वरद मुद्रामा साँढेमा बसेका चित्र कोरिएको मूतिलाई विद्वान् ऐश्वर्य शर्माले स्वस्थानीका रूपमा चर्चामा ल्याएका प्रसङ्ग यसमा आउँछ । जुन कुरा हनुमानढोका राजदरबारको अभिलेखमा उल्लेख भएको इतिहासकार बताउँछन्् । स्वस्थानी व्रतकथा विशुद्ध रूपमा रचिएको रचना होइन । किनभने यसमा लिङ्गपुराण, पदमपुराण, शिवपुराण आदिबाट पनि केही अंश मिसाइएको पाइन्छ । स्वस्थानी कथाको पहिलो अध्यायमा सृष्टिको उत्पत्तिको वर्णन पाइन्छ ।

ब्रह्मा, विष्णु र शिव त्रिदेवलाई प्रकट गराइँदै उनीहरूको कार्य विभाजनका रूपमा सृष्टिको सुरुवात गर्ने ब्रह्मा, पालन पोषण गर्ने विष्णु र संहार गर्नेमा रुद्र तथा शिवलाई दर्शाइएको छ । विष्णु र शिवको आयुको अवधि नहुने र ब्रह्माको आयु सय वर्ष हुने र ब्रह्माको एक दिनमा सत्य, त्रेता, द्वापर र कलियुग बहत्तर पटक घुमेको अवधि उल्लेख गरिएको छ । सय वर्षपछि ब्रह्माको आयु सकिएर महाप्रलय हुने, त्यसपछि एउटा अण्डा उत्पन्न हुने र सो अण्डा फुटेर दुई भाग हुँदा एक भागलाई प्रकृति र अर्को भागलाई पुरुषका रूपमा बुझाइँदै, त्यसपछि ईश्वरद्वारा अर्को सृष्टि आरम्भ भएको पाइन्छ । 

स्वस्थानी कथा अघि बढ्दै पार्वती विवाह, तारकासुर वध, वृन्दाको पतिव्रता भङ्ग, नागनागिनी स्वस्थानी व्रत, गोमा र शिव शर्माको विवाह, शिव शर्माको परलोक गमन, सप्तऋषिद्वारा स्वस्थानीको व्रतोपदेश, गोमा नवराज कथा शृङ्खला आदिको वर्णन हुँदै स्वस्थानी व्रतको महिमा तथा महìव जनस्तरमा स्थापित गर्न रचिएका कथाबाट पुष्टि हुन्छ । कथाभित्र मानव जातिले दैवी लीलाको खेलको गोटीका रूपमा अनिवार्य भोग्नैपर्ने दैवी विधानको सन्देश पाइन्छ ।

देवीको व्रतकथामा देवीको महिमाको अतिरिक्त देवता र दानवबीचको शक्ति सङ्घर्षका विवरण, शिव महादेवका जीवन चरित्रमा देखिएका उट्पट्याङ कार्यको वर्णन, सतीदेवीप्रति प्रेम बर्साउन उनको मृत शरीर बोकेर ठाउँठाउँ घुमेको विवरण, पार्वतीलाई एक्लै छोडेर राजहाँस, मृगका रूपमा गरिएको क्रीडा, किराँतको भेषमा रूपवती किराँतिनीसँग गरिएको सम्पर्क, पार्वतीलाई रावणसँग प्रेम सम्बन्ध राख्न पठाउने आदि कुराको वर्णन पाइन्छ । दैवी लीला अपरम्पार, बुझिनसक्नु रहस्यात्मक छ भन्ने कथनलाई पुष्ट्याइँका रूपमा यस्ता असङ्गत विषय र घटनालाई ध्यानाकर्षण गराउन बुझाउन खोजिएको हुन सक्छ । जुन स्वस्थानी कथाका पाठकका लागि आकर्षक पक्ष हुन गएको छ । 

यहाँनेर कवि शिरोमणि लेखनाथ पौडेलको ‘छैन शङ्करको नङ्गा मगन्ते भेष निन्दित’ भन्ने श्लोक पङ्क्तिको याद आउँछ । यति भन्दैमा शिव भगवान्लाई निन्दा गर्ने अवस्था आउँदैन । किनभने शिव भगवान् त्रिदेवमध्येका एक सर्वशुद्ध परमानन्द रूप ब्रह्म मानिनुहुन्छ । उहाँ संहार कार्यका प्रतीक मानिए पनि मङ्गल, कल्याण, आनन्द, मुक्ति, मोक्ष आदिका भगवान् ब्रह्म मानिनुहुन्छ । तसर्थ त्यस्ता वर्णन वा कथालाई बाहिरी रूपमा मात्र हेर्न वा पढ्न हुँदैन । त्यसभित्र पाइने लाक्षणिक अर्थ वा त्यसको सार ठम्याउन सक्नुपर्छ । 

स्वस्थानीको रोचक पक्ष भनेको यसको स्थानीयकरण पनि हो । जसले गर्दा कथालाई अपनत्व प्रदान गरेको छ । यसअन्तर्गत पाइने लावण्य देश, शाली नदी, मृगस्थली किराँतेश्वर, श्लेषमान्तक वन, गुह्येश्वरी, गौरीघाट, बागमती नदी आदिको उल्लेख गर्दा नेपाली पाठकका लागि स्वस्थानी परमेश्वरीको देवभूमि आफ्नै थातथलो भएकोमा गौरवको विषय पनि हुन गएको छ । यद्यपि पौराणिक विश्व कोशमा किराँतेश्वर, मृगस्थली, गौरीघाट र शाली नदीको उल्लेख छैन भनिन्छ । जे होस्, स्वस्थानी व्रतकथा नेपालको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षसँग जोडिएको छ । यस कथाका बारेमा जतिसुकै अस्वाभाविकता, अर्थहीनता र असङ्गति औँल्याइए पनि यसको धार्मिक महìवमा कुनै ह्रास आएको देखिँदैन । अझै पनि यो घरघरमा पढिन्छ र धार्मिक उत्सवका रूपमा मनाइन्छ ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको शाली नदीमा स्नान गरी शुद्ध भई एकाग्र चित्तले व्रत बस्ने उद्देश्यले देशका कुनाकुनाबाट समेत आउने भीड र जात्राले यसै तथ्यलाई पुष्टि गर्छ । नेपाली समाजमा पठन संस्कृतिको विकासमा पनि स्वस्थानी कथाले टेवा पु-याएको तथ्यलाई हामीले भुल्न हुँदैन । औद्योगिक तथा सन्देशात्मक लक्ष्यमा स्वस्थानी व्रत समाप्तिमा वितरण हुने रोटी, चाकु, तिलौरी, पान आदि आफ्नै स्रोतसाधन गहुँ, धान, तिल, गाईभँैसीको घिउ, उखुको खुदो आदि साधनलाई सरकारी र निजी स्तरबाट लगेर आत्मनिर्भर हुन उत्साह दिने सन्देश दिइएको पाइन्छ ।