• १६ चैत २०८०, शुक्रबार

बढ्यो सुनको मूल्य

blog

काठमाडौँ,  माघ  १८ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू. पाँच सयले बढेको छ ।

अघिल्लो दिन प्रतितोला रू. एक लाख पाँच हजार आठ सयमा कारोबार भएकामा आज रू. पाँच सयले बढेर रू. एक लाख छ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा रू. पाँचले बढेर प्रतितोला रू. एक हजार तीन सय ७० पुगेको छ । 

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।