• ७ वैशाख २०८१, शुक्रबार

बालबालिकाको सकस जाडोमा विद्यालय

blog

काठमाडौँको कलङ्कीस्थित एलआरआई स्कुलको कक्षा २ मा पढ्ने सभ्यता क्षेत्रीको पनि बिहान ८:३० बजेबाट कक्षा सुरु हुन्छ । त्यसका लागि उहाँको घरअगाडि ७:३० बजे नै विद्यालयको बस आउने गरेको छ । चिसोको मौसम भएकाले बच्चा उठ्न नमान्ने, उठेर पनि उठ्ने बित्तिकै केही पनि खान नमान्ने हुनाले हरेक दिन भोकैजस्तो विद्यालय जान बाध्य भएको उहाँकी आमा शारदा क्षेत्री बताउनुहुन्छ । बढ्दो चिसोमा बालबालिकालाई छिटो नै विद्यालय पठाउनुपर्ने बाध्यताका कारण बालबालिका धेरै बिरामी पर्ने गरेको अभिभावकहरूको गुनासो छ ।

यस्तै सानो बाबु आरभ रिजाल  पनि विद्यालय जानकै लागि छिटो उठ्नुपर्ने चिन्ताले आजभोलि हैरान हुनुहुन्छ । उहाँलाई दिक्क बनाउने अरू कुनै कुरा नभएर बिहानैबाट सुरु हुने विद्यालय समय हो । काठमाडौँ बाँसबारीस्थित मिल्सबेरी  स्कुलमा कक्षा ४ मा अध्ययनरत रिजाललाई आफू पढ्ने विद्यालय असाध्यै मन पर्छ तर बिहानै उठ्न भने गाह्रो लाग्ने रहेछ ।  उनी पढ्नमा पनि अब्बल छन् तर यो जाडोमा बिहानै बस चढ्नु पर्दा भने निद्रा नै नपुगेको सुनासो गर्छन् । हामी सानो छौँ । हाम्रो कुरा कसले सुन्छ र न परिवार न विद्यालय, आरभले कुराकानीको क्रममा भने, आफू मात्र होइन अन्य साथीले पनि यस्तै भन्ने गरेको उनले सुनाउन भ्याइहाले । घरदेखि पर चोकसम्म ७:१५ मा उनी पुग्नै पर्छ । नत्र बस छुट्छ । अहिले जाडो बिदामा बसिरहेका आरभले  जाडो बिदा अगाडि एक हप्ता भने विद्यालयले १५ मिनेट ढिलो गरेर बस आउने गरी समय तालिका मिलाएको थियो । यो जाडोभरि यही समय भइदिए सजिलो हुने पनि बताए ।

आफू पढ्ने विद्यालय असाध्यै मन पर्छ तर बिहानै उठ्न भने गाह्रो लाग्ने रहेछ।  उनी पढ्नमा पनि अब्बल छन् तर यो जाडोमा बिहानै बस चढ्नु पर्दा भने निद्रा नै नपुगेको सुनासो गर्छन्। 

कक्षा  ढिलो सुरु हुने भए पनि हुने एसेम्बलीमा पुग्नका लागि ८ बजे नै स्कुल बसमा चढी सक्नुपर्ने हुन्छ । जाडोको समयमा ढिलो हुँदा गाडीले छोडेर पनि जाने गरेको छ । यसरी विद्यालय जानका लागि सबेरै उठेर तयारीमा लाग्नुपर्छ । 

यस्तो समस्या काठमाडौँको एउटा मात्र विद्यालय तथा विद्यार्थीहरूको होइन, अधिकांश विद्यालयले ८ बजेपछि सडक जाम हुने भएकाले पनि विद्यालय छिटो सञ्चालन गरिदिँदा अभिभावक र विद्यार्थीहरू हैरान परेका हुन्

 काठमाडौँ उपत्यकामा विद्यालय समय र कार्यालय समय एकै हुँदा ट्राफिक व्यवस्थापनमा समस्या परेको भन्दै ट्राफिक प्रहरीलगायत सरोकारवाला निकायले विद्यालय अन्य समयमा सञ्चालन गर्न आग्रह गरेपछि विद्यालयहरूले त्यसअनुसार छिटो सञ्चालन गरेका हुन् ।

कतिपय विद्यालयको विद्यालय समय ढिला सुरु हुने भए पनि आफ्नो एउटैै बसले पटक–पटक धेरै ठाउँका बच्चा बोक्नुपर्ने भएका कारण पनि कतिपय ठाउँका बच्चालाई छिटो नै लगेर विद्यालयमा यत्तिकै राख्ने गरेका पनि छन् । यस्ता समस्याका बारेमा विद्यालयमा गुनासो राख्दा विद्यालयले यस विषयमा सम्बोधन गर्न चासो नदिएको अभिभावकहरूको गुनासो छ ।

अहिले जाडो बिदामा बसिरहेका आरभले  जाडो बिदा अगाडि एक हप्ता भने विद्यालयले १५ मिनेट ढिलो गरेर बस आउने गरी समय तालिका मिलाएको थियो ।

उपत्यकाका युरो स्कुल,  लिटल एन्जल्स, काव्या, अक्षरा, जेम्सलगायत अधिकांश विद्यालयले बिहान ८ बजेदेखि ९ बजेको समयमा विद्यालय  सञ्चालन गर्ने गरेका छन् । ट्राफिक समस्यालाई मुख्य समस्या देखाएर विद्यालय छिटो सञ्चालन गरे पनि साना विद्यार्थीहरूले अनुभव गरिरहेको समस्या र उनीहरूको बाल मस्तिष्कमा पर्ने मनोवैज्ञानिक असरले अप्रत्यक्ष रूपमा कुनै समस्या पो आउने हो कि भन्नेतर्फ हामीले बुझ्नु जरुरी छ ।  

प्याब्सनका अध्यक्ष डीके ढुङ्गानाले विद्यालयहरूले बिहानै बच्चा उठाइसक्नुका कारण ट्राफिक समस्या नै मुख्य समस्या रहेको बताउनुहुन्छ । यसका साथै १० बजेदेखि ४ बजेको समयभित्र विद्यार्र्थीलाई अतिरिक्त क्रियाकलापमा जोड्न नसकिने हुनाले विद्यालयहरूले छिटो नै विद्यार्र्थीलाई विद्यालय बोलाउने गरेको उहाँको भनाइ छ । काठमाडौँमा अधिकांश अभिभावकहरू बिहानैबाट आफ्नो रोजगारीमा जोडिनुपर्ने हुनाले कतिपय बच्चालाई विद्यालय छिटै छोड्नुपर्ने बाध्यता पनि छ । अधिकांश अभिभावकको ५ बजेसम्म कार्यालय समय रहने तर बालबालिकाहरू ३ बजेबाट नै घर फर्किने गर्दा बेलुकाको समयमा झनै समस्या परिरहेको गुनासो अभिभावकहरूको छ । 

अन्तर्राष्ट्यि रूपमा पनि विद्यालयहरू ६ देखि ७ घन्टा सञ्चालन गर्ने प्रचलन छ तर कतिपय अभिभावकको व्यस्तताका कारण नेपालमा विषेश गरी उपत्यकामा बिहानदेखि बेलुकैसम्म विद्यालयमा रहने गरेका छन् । सरकारले घरदेखि विद्यालयसम्मको दूरी १२ किलोमिटरभन्दा बढी हुन नहुने बताए पनि कतिपय विद्यालयले त्योभन्दा लामो दूरीबाट बालबालिका बोकिरहेका छन् । जसले गर्दा बालबालिकाहरू लामो समयसम्म ट्राफिक जाममा पनि पर्ने गरेका छन् । 

लेखक बाट थप