• ११ मंसिर २०८१, मङ्गलबार

बाल अधिकार प्रवर्द्धनका लागि इमान्दार प्रयत्न गर्छु : मुख्यमन्त्री रावल

blog

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई ज्ञापनपत्र बुझाउँदै बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानका संयोजक राजेश शर्मालगायत। तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, माघ १२ गते । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बाल अधिकारको प्रवर्द्धनका लागि इमान्दार प्रयत्न गर्ने बताउनु भएको छ। बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले बालअधिकार प्रवर्द्धनका लागि बिहीबार बुझाएको अनुरोधात्मक ज्ञापन पत्र बुझ्दै उहाँले बालअधिकार प्रवर्द्धनका लागि ध्यानकर्षण भएको पनि बताउनुभयो।  

‘‘हामी बालबालिकाको अवस्थाको तथ्याङ्क/सूचना लिन्छौँ, सूचना विश्लेषण गर्छौँ र कार्यान्वयनका लागि गैरसरकारी क्षेत्रको ज्ञान, सीप, प्रविधि समेतको सहयोग लिन्छौँ मुख्यमन्त्री रावलले भन्नुभयो, ‘‘बालबालिकालाई विद्यालयको पहुँचमा पुगाउन सबैको चासो जरुरी छ।’  

बालविवाह र विभिन्न कुलतमा फसेका बालबालिकालाई सही बाटोमा ल्याउन जरुरी रहेको चर्चा गर्नुभयो। उहाँले आफ्नो प्राथमिकता पढाई, कमाई, दबाई उपलब्ध गर्ने तथा पानी, खानी र जवानीको सदुपयोग गर्ने रहेको बताउनु भएको छ। उहाँले सुदूरपश्चिमलाई देउकी, छाउपडी जस्ता कुप्रथामा मात्रै जोडेर हेर्न नहुने पनि बताउनुभयो। 

मुख्यमन्त्री रावललाई बुझाइएको ज्ञापन पत्रमा सुदूरपश्चिमका बालबालिका सम्बन्धी प्रादेशिक ऐन २०७७ को नियमावली जारी गरिनु पर्ने, सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्न प्रादेशिक रणनीति बनाउनु पर्ने लगायतका माग राखिएको छ।