• १३ वैशाख २०८१, बिहिबार

भारतीय दूतावासले मनायो गणतन्त्र दिवस (फोटो फिचर)

blog

काठमाडौंस्थित भारतीय राजदूतावासले मनायो आफ्नो ७४ औं गणतन्त्र दिवस । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, माघ १२ गते । काठमाडौंस्थित भारतीय राजदूतावासले आफ्नो ७४ औँ गणतन्त्र दिवस मनाएको छ ।  बिहीबार राजदूतावासले विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौंमा आफ्नो ७४ औँ गणतन्त्र दिवस मनाएको हो ।

सो अवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पुर्‍याएको योगदानलाई कदर गर्दै कहीँ व्यक्तिहरूलाई सम्मान गरिएको छ । साथै भारतीय सेनामा कार्यरत रहेर दिवङ्गत हुनुभएका नेपालीहरूको सम्मानमा उहाँहरूको परिवारलाई पनि कम्बलसहित चेक हस्तान्तरण गरिएको थियो ।


त्यसअघि दूतावास परिसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रपतिको सन्देश पढेर सुनाउनुभएको थियो । दूतावासले नेपालका विभिन्न पुस्तकालय र शैक्षिक संस्थाहरूलाई उपहारस्वरूप पुस्तक प्रदान गरेको छ । भारतले हरेक वर्ष २६ जनवरीमा आफ्नो गणतन्त्र दिवस मनाउने गर्छ ।