काठमाडौं, माघ ८ गते । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाउने गरी काम थालनी गरेको बताउनुभएको छ ।
आइतबार बुद्ध एयरले विमानको मर्मतसम्भार र सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै प्रबन्ध निर्देशक बस्नेतले हवाई यात्रालाई थप सुरक्षित बनाउन भविष्यमा आउनसक्ने चुनौतीको सामना गर्ने गरी काम गरिरहेको बताउनुभएको हो । उहाँले नेपालको निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर विमानको मर्मतसम्भार र सञ्चालनका हिसाबले सुरक्षित रहेको जानकारी दिनुभयो ।
बस्नेतले बुद्ध एयर मुख्य उद्देश्य भनेको नै वित्तीय कारोबार तथा सूचनालाई पारदर्शिता राखिने धारणा औँल्याउनुभयो । यही माघ १ गते भएको हवाई दुर्घटनापछि हवाई उडानलाई थप सुरक्षित बनाउनको लागि बुद्ध एयरको विमान मर्मत लगायतका विषयमा थप कडाइका साथ काम थालनी गरेको छ ।
उहाँले भन्नुभयो, ‘‘बुद्ध एयरको मुख्य उद्देश्य भनेको नै वित्तीय कारोबार तथा सूचनालाई पारदर्शिता राख्ने हो । त्यो अनुसार बुद्ध एयरले कुनै पनि प्राविधिक तथा अन्य सूचनाहरू लुकाएका छैनौँ । हवाई उडान, उडानको प्राविधिक पक्षको विषयमा नागरिक उड्डयनसँग निरन्तर सहकार्य हुन्छ । बुद्ध एयर हवाई उडानका हरेक काम गर्दा प्राधिकरणसँग सहकार्य र जानकारी गराउँछौँ । टेक्निकल र प्राविधिक विषयमा जानकारी नगराउँदा प्राधिकरणले उडान रोक्छ ।’’
नेपालमा पछिल्लो समय भइरहेका हवाई दुर्घटनाले थप चुनौती थपेकाले त्यस्तो दुर्घटना हुन नदिने विषयमा बुद्ध एयर सचेत रहेको उहाँको भनाइ छ । प्रबन्ध निर्देशक बस्नेतले बुद्ध एयरले कुनै पनि प्राविधिक तथा अन्य सूचनाहरू लुकाउने नगरको बताउनुभयो । हवाई उडान, उडानको प्राविधिक पक्षको विषयमा नागरिक उड्डयनसँग निरन्तर सहकार्य गरिरहेको जानकारी दिनुहुँदै उहाँले हवाई उडानका हरेक काम गर्दा प्राधिकरणसँग सहकार्य र जानकारी गर्ने गरेको बताउनुभयो । बुद्ध एयरको २५ वर्षको अनुभवमा नागरिक उड्डयनसँगको सहकार्य युनिक र फलदायी रहेको भनाइ उहाँको छ ।
‘‘बुद्ध एयरले सूचना प्रवाहको विषयमा जबाफदेहिता नागरिक उड्डयन प्राधिकरणसँग मात्रै हुन्छ । उहाँहरूसँग निरन्तर संवाद भइरहेको हुन्छ । बुद्ध एयरको २५ वर्षको अनुभवमा नागरिक उड्डयनसँगको सहकार्य युनिक र फलदायी सहकार्य भएको छ । प्राधिकरण नभएको भए बुद्ध एयरले अहिलेको अवस्थामा हवाई क्षेत्रमा वृद्धि गर्नसक्ने थिएनौँ ।,’’ प्रबन्ध निर्देशक बस्नेतले भन्नुभयो, ‘‘प्राधिकरणले जुन किसिमको सहयोग गर्नुभयो त्यसमा इगो, अहमता छैन । पछिल्लो हवाई दुर्घटनापछि बुद्ध एयरको सञ्चालक तथा विभागीय प्रमुखहरूसँग छलफल गरेर हवाई उडान सुरक्षा र अब कसरी अगाडि बढ्ने विषयमा सबैलाई जानकारी दिइएको छ । हवाई दुर्घटनाले धेरै कुरा सिकेकाले आगामी दिनमा आउने समस्या समाधान गर्दै लैजाने भनेर तयार थालेका छौँ ।’’
बुद्ध एयरले हवाई दुर्घटना बढ्दै जाँदा विमानहरू धेरै वर्ष पुराना विमानहरू नेपालमा ल्याएर उडान भर्ने गरेको भन्दै बाहिर आवाज उठेको छ । तर, अन्तरक्रिया कार्यक्रम जानकारहरूले विमानहरू पुराना नहुने बताएका छन् । उनीहरूले विमानहरू मर्मतसम्भार र पार्टपुर्जा पुरानो हुने भएकाले निश्चित समयमा पार्टपुर्जा परिवर्तन गरी हवाई उडान गर्नुपर्ने बताएका छन् । बुद्ध एयरले अन्तरक्रियामार्फत बुद्ध एयरले हवाई उडानलाई सुरक्षित बनाउनका लागि विमान मर्मत र पार्टपुर्जाका लागि अर्बौँ लगानी गरेको बताएको छ ।