• १३ असोज २०८१, आइतबार

क्रसर उद्योगका समस्या चाँडै समाधान हुने

blog

काठमाडौँ, माघ ६ गते । सहरी विकासमन्त्री विक्रम पाण्डेले निर्माण उद्योगमा देखिएका समस्या समाधान गर्ने विषयमा मन्त्रिपरिषद्मा सकारात्मक छलफल भएको जानकारी दिनुभएको छ ।

निर्माण उद्योगको पछिल्ला समस्या अवगत गराउन पुगेको नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा मन्त्री पाण्डेले क्रसर उद्योगको समस्या चाँडै समाधान हुने बताउनुभयो ।

गैरकानुनी तरिकाले क्रसर उद्योग सञ्चालन गर्ने केही व्यक्तिका कारण नियमसङ्गत तरिकाले उद्योग सञ्चालन गर्नेसमेत मारमा परेको मन्त्री पाण्डेले बताउनुभयो । 

निर्माण व्यवसायीलाई कुनै गल्ती नगरी निर्भीक भएर काम गर्ने वातावरण बनाउने प्रतिबद्धता पनि मन्त्री पाण्डेले व्यक्त गर्नुभयो । महासङ्घका अध्यक्ष रवि सिंहले क्रसर उद्योग सञ्चालनमा देखिएको अवरोधका कारण निर्माण कार्य ठप्पप्रायः भएको जानकारी गराउनुभयो । पर्याप्त बजेट नछुट्याई ठेक्का लगाउँदा निर्माण उद्योगमा धेरै समस्या देखिएको भन्दै अध्यक्ष सिंहले बजेट छुट्याएर मात्र ठेक्का लगाउन मन्त्री पाण्डेको ध्यानाकर्षण गराउनुभयो ।