• १४ मंसिर २०८१, शुक्रबार

राष्ट्रपतिका लागि समर्थन जुटाउने प्रयासमा लाग्छौँः सांसद पौडेल

blog

प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल । तस्बिर : केशब गुरुङ

काठमाडौं, माघ ५ गते । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै पौडेलले कांग्रेस राष्ट्रपति निर्वाचनका लागि समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्ने बताउनुभएको हो ।

उहाँले अहिलेसम्म राष्ट्रपतिका लागि सहमति नभएकाले कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने बताउनुभयो । गठबन्धन कायम रही रहेको अवस्थामा कांग्रेसले आफ्नो उम्मेदवारहरुलाई जिताउन मुस्किल भए पनि उम्मेदवारी दिएर समर्थन जुटाउन खोज्नु स्वाभाविक भएको सांसद पौडेलको भनाइ छ ।

‘‘गठबन्धन कायम रहिरहेको अवस्थामा कांग्रेसले आफ्नो उम्मेदवारहरुलाई जिताउन मुस्किल छ । त्यस कारण नयाँ रिसाबाट हामीले जाने कुरा स्वाभाविक हो । निर्वाचनमा उम्मेदवार खडा गरेपछि जिताउनको निम्ति मतदाताहरुसँग मत माग्नु स्वभाविक हो । हामीले प्रतिपक्षमा नै बसेर विश्वासको मत दिने भनेका हौं । हामीले सत्ता पक्ष भएर विश्वासको मत दिएको होइन ।,’’ सांसद पौडेलले भन्नुभयो, ‘‘प्रधानमन्त्रीले सहमतिको आधारमा अगाडि बढ्ने अभिव्यक्ति भयो । त्यही अनुसार कांग्रेसले विश्वासको मत दिएको अवस्था हो । कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन्छ । अहिलेसम्मको अवस्थामा सहमति हुने अवस्था देखिँदैन । तर राष्ट्रपतिको लागि प्रयास गर्ने उम्मेदवारलाई जिताउनको निम्ति सर्मथन जुटाउने आजदेखि प्रयास गर्छौं ।’’

सांसद पौडेलले प्रधानमन्त्रीले सहमतिको आधारमा अगाडि बढ्ने अभिव्यक्ति अनुसार कांग्रेसले विश्वासको मत दिएको पनि बताउनुभयो ।