• १२ साउन २०८१, शनिबार

सभाको प्रतिनिधित्व निष्पक्ष भएर गर्नेछु : सभामुख घिमिरे

blog

निर्वाचित भएपछि सभामुख देवराज घिमिरे । तस्बिर: केशब गुरुङ

काठमाडौं, माघ ५ गते। नवनिर्वाचित सभामुख देवराज घिमिरेले सभाको प्रतिनिधित्व आफूले ठिक ढंगबाट गर्ने बताउनुभएको छ। 

बिहीबार प्रतिनिधि सभाको बैठकबाट सभामुखमा निर्वाचित हुनुभएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। सभामुख घिमिरेले सभामुखमा रहँदा निष्पक्ष र तटस्थ भूमिकामा आफू कार्यसम्पादनमा लाग्ने बताउनु भयो। उहाँले विगतबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो। 

उहाँले भन्नुभयो, ‘‘म निष्पक्षताका साथ सभा सञ्चालनमा लाग्नेछु। प्रतिनिधि सभाको प्रतिनिधित्व ठिक ढंगले गर्नेछु। विगतका सभामुखको कामबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाउन लाग्नेछु।’’

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरेर सभामुखमा निर्वाचित हुनुभएको हो। कांग्रेसको तर्फबाट उम्मेदवार रहनुभएकी ईश्वरीदेवी न्यौपानेले भने १०० मत प्राप्त गर्नुभएको थियो।