• १२ साउन २०८१, शनिबार

सभाले खोजेको सभामुख ईश्वरी न्यौपाने हो : प्रकाश ज्वाला

blog

प्रतिनिधिसभा बैठकमा आफ्नो भनाइ राख्नुहुँदै नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला । तस्बिर : रत्न श्रेष्ठ / रासस

काठमाडौं, माघ ५ गते । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सभामुख पदका लागि ईश्वरीदेवी न्यौपाने योग्य पात्र भएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा न्यौपानेको पक्षमा पार्टी रहने भन्दै समर्थनमा सांसद ज्वालाले न्यौपानेलाई सबै दलहरुले मत दिएर जिताउनुपर्ने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झैँ नेपाली कांग्रेस सभामुख उम्मेदवार न्यौपानेलाई सर्वसम्मत जिताउनुपर्ने बताउनुभयो । उहाँले संसदले न्यौपानेलाई जिताए सभाले खोजेको सभामुख पाउने धारणा व्यक्त गर्नुभयो ।

‘‘सभामुख पदका उम्मेदवार प्रतिनिधि सभा सदस्य ईश्वरीदेवी न्यौपाने सभामुखका लागि सक्षम, योग्य हुनुहुन्छ । हामीले उहाँलाई समर्थन गर्नेछौँ । अब यो सभाले आफ्नो नेता पाउनेछ । आफ्नो नेता चयन गर्दा मान्य सदस्यहरुलाई दलीय आग्रहभन्दा माथि उठेर सक्षम नेतृत्व चयन गर्नुहुनेछ । उहाँले राम्रो र सशक्त भूमिका निर्वाह गर्नुभएको छ, सभामुख पदका लागि ईश्वरीजी सबैभन्दा योग्य व्यक्ति हुनुहुन्छ ।,’’ सांसद ज्वालाले भन्नुभयो, ‘‘साँच्चिकै राष्ट्रय सहमतिमा लैजाने हो भने उहाँले प्रधानमन्त्रीले जस्तै विश्वासको मत पाउनुहुनेछ । कमसेकम प्रधानमन्त्रीको पार्टीले भने पनि मत दिनेछ । सभामुख महिला किन नबनाउने भन्ने कुरालाई सोच्नुपर्छ ।’’

राष्ट्रिय सहमतिको हिसाबले जाने हो भने उम्मेवार न्यौपानेलाई जिताउनुपर्ने र प्रधानमन्त्रीको पार्टीले अवश्य नै न्यौपानेलाई मत हाल्ने विश्वास लिएको बताउनुभयो ।