• १२ साउन २०८१, शनिबार

प्रतिनिधि सभा बैठकबाट सभामुख चयन हुँदै (प्रत्यक्ष प्रसारण)

blog

संसद् भवनमा प्रतिनिधिसभाको सभामुखका लागि चयन प्रक्रिया शुरू। तस्बिर : केशब गुरुङ

काठमाडौं, माघ ५ गते । प्रतिनिधि सभाको सभामुखका लागि चयन प्रक्रिया नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ ।

आज (बिहीबार)को प्रतिनिधि सभा बैठकमा सभामुखको निर्वाचन हुने सदनको कार्यसूची छ । सभामुखमा नेकपा (एमाले) का देवराज घिमिरे र  नेपाली कांग्रेसका  ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ ।

घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने हुनुहुन्छ ।

न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वाला हुनुहुन्छ । बैठकमा दुवै पक्षका प्रस्तावक र समर्थकले आआफ्नो उम्मेदवारलाई सभामुखमा निर्वाचित गरियोस् भनी बेग्ला बेग्लै प्रस्ताव प्रस्तुत गर्दै पक्षमा मतदान गर्न समर्थनका लागि आग्रह गर्नुहुनेछ ।