• २६ वैशाख २०८१, बुधबार

‘मिस युनिभर्स नेपाल’मा सोफियाको प्रस्तुति

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ३० गते । विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको ७१औँ संस्करणमा ‘मिस युनिभर्स नेपाल’ सोफिया भुजेलले नेपाललाई प्रतिनिधित्व गर्र्दै नेसनल कस्ट्युम प्रस्तुत गर्नुभएको छ । भुजेलले देवीको अवतारलाई आफ्नो पहिरनमा ढाल्नुभएको छ भने हातमा त्रिशूल पनि समात्नुभएको छ । 

सौन्दर्य प्रतियोगिता अमेरिकाको न्यु ओर्लिन्समा सुरु भएको हो । कार्यक्रममा विश्वभरिका सुन्दरीले नेसनल कस्ट्युम प्रस्तुत गरेका छन् । डिजाइनर प्रेरणा शाहले तयार पार्नुभएको नेसनल कस्ट्युममा भुजेलको प्रस्तुति रुचाइएको थियो । 

नारीलाई सृष्टिकर्ताको मुहान, शक्ति र प्रेरणाको स्रोतका रूपमा लिनुपर्ने यस पहिरनको सन्देश थियो । जनवरी १४ मा विश्वका ८० भन्दा बढी देशका प्रतिस्पर्धीले ‘मिस युनिभर्स’को ताजका लागि प्रतिस्पर्धा गर्नेछन् ।