• ११ मंसिर २०८१, मङ्गलबार

नसर्ने रोगमा आयुर्वेद

blog

आजभन्दा तीन दशकअगाडि दूषित खाना र पानीले गर्दा हुने सर्ने रोग ८० प्रतिशत जनसङ्ख्यामा थियो । वर्तमानमा लगभग ७० प्रतिशत जनसङ्ख्यामा अस्तव्यस्त जीवनशैली, शारीरिक व्यायामको कमी, मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थकर खानपान, वातावरणीय प्रदूषणले नसर्ने रोग देखिएका छन् । यस्ता रोग दिनानुदिन बढ्दो क्रममा छन् भने नागरिकको स्वास्थ्यमा हुने खर्च पनि बढिरहेको छ । समयमै रोकथामका विधिमा सचेत नहुँदा तथा स्वास्थ्य उपचारमा ध्यान नपुर्याउँदा अकाल मृत्यु हुने दर पनि बढिरहेको छ ।

मुटु र रक्तनलीका रोग, जीर्ण श्वासप्रश्वाससम्बन्धी रोग, अर्ब‘द रोग, मधुमेह, नसा र स्नायु सम्बन्ध रोग, रगतमा बोसो बढ्ने, युरिक एसिड, मोटोपना, अनुर्जताजन्य रोग, तनाव, अनिद्रा, मानसिक रोग, हर्मोनको गडबडी, सूक्ष्म पोषक तìवहरूको अभाव, बाँझोपन, विस्मृतिलगायतका थुप्रै नसर्ने रोगले समाजलाई गाँजिरहेको छ । 

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा ४१ मिलियन मानिसको नसर्ने रोगका कारण मृत्यु हुने गर्छ । यसले विश्वव्यापी मृत्युको ७१ प्रतिशत हिस्सा ओगटेको छ । यसरी मृत्यु हुनेमा १५ मिलियन ३० देखि ६९ वर्ष उमेर समूहका छन् । विश्वका निम्न तथा मध्यम आय भएका देशमा ८५ प्रतिशत जनसङ्ख्यामा नसर्ने रोगहरूले अकाल मृत्यु हुन्छ । कुल मृत्युको ७७ प्रतिशत मृत्यु पनि निम्न तथा मध्यम आय भएका देशमै हुने गर्छ । मुटु र रक्तनलीका रोगले १७.९ मिलियन, अर्बुद रोगले ९.३ मिलियन, जीर्ण श्वासप्रश्वाससम्बन्धी रोग ४.१ मिलियन, मधुमेहले १.५ मिलियन, सुर्तीजन्य पदार्थको सेवनले ७.२ मिलियन, नुनको बढी प्रयोगले ४.१ मिलियन, मद्यपानले ३.३ मिलियन र अपर्याप्त शारीरिक व्यायामले १.६ मिलियन मानिसको मृत्यु हुने तथ्याङ्क छ । 

आयुर्वेद चिकित्सा विज्ञानले दुई प्रमुख उद्देश्य बोकेको छ । स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा र रोगीको रोगपचार । स्वास्थ्य व्यक्तिको स्वास्थ्य रक्षा गर्ने विधि नै नसर्ने रोगको रोकथामका प्रमुख कडी हुन् ।

विश्व आर्थिक फोरमले आगामी २० वर्षमा पाँच प्रमुख नसर्ने रोगजस्तै मुटु र रक्तनलीका रोग, जीर्ण श्वासप्रश्वाससम्बन्धी रोग, अर्ब‘द रोग, मधुमेह, मानसिक रोगजस्ता नसर्ने रोगहरूले विश्वलाई ४७ ट्रिलियन अमेरिकी डलर व्ययभार थप्ने अनुमान गरेको छ । 

आयुर्वेद चिकित्सा विज्ञानले दुई प्रमुख उद्देश्य बोकेको छ । स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा र रोगीको रोगपचार । स्वास्थ्य व्यक्तिको स्वास्थ्य रक्षा गर्ने विधि नै नसर्ने रोगको रोकथामका प्रमुख कडी हुन् । यी विधिको पालनाले नसर्ने रोगमा रोग उल्ट्याउने रूपमा काम गर्ने तथ्य अनुसन्धानले देखाएको छ । कृषिप्रधान देशका हामी नेपाली हाम्रो देवभूमिको पवित्र माटोमा उब्जिएको अन्न, तेल, घिउ छाडेर पाकेट बन्द र बोतलबन्द तयारी खाना संस्कृति बढेदेखि नै हाम्रा नागरिकमा नसर्ने रोगले अड्डा जमाउन थालेको कुरा हाम्रो स्वास्थ्य तथ्याङ्कमा दिनुनुदिन बढ्दो क्रममा रहेका रोगहरूले प्रमाणित गरिदिएको तथ्य छर्लङ्ग छ ।

हाम्रो खाना खाने र खाना छनोट गर्ने बानीमा परिवर्तन आएको छ । भोजन कति बेला खाने ? कति बेला के खाने ? कति बेला कति खाने ? ऋतुअनुसारको खाना कसरी खाने ? भनेर हामीलाई पुर्खाले सिकाएको शिक्षालाई हामीले आधुनिक बन्दै गर्दा बिर्संदै गएका छौँ । विद्यालय र विश्वविद्यालय शिक्षामा त्यस्ता स्वास्थ्य रक्षाका विधि विस्थापित गरेर आधुनिक खाद्यप्रविधिले सिकाएका अस्वस्थकर खाद्य नियममा नयाँ पुस्तालाई पारङ्गत गराउन लागि परेका छौँ । 

आयुर्वेदअनुसार छ वटै रस भएको भोजन पूर्ण मानिन्छ । छ रस भन्नाले गुलियो, अमिलो, नुनिलो, पिरो, टर्रों, तितो पर्छन् । यी सबै रसयुक्त भोजन गर्दा पोषणका सबै आयामजस्तै कार्बोहाइडेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज समेटिन्छन् । भोजनले शरीर मात्रै नभई मनको पनि पोषण गर्छ । खाना खाँदा पहिला गुलियो त्यसपछि अमिलो, नुनिलो, पिरो, तितो अनि टर्रो स्वाद भएको खाना खानु पर्छ । हाम्रो चिकित्सा विज्ञानले शुकधान्य (अन्न), शमीधान्य (गेडागुडी), मांस, शाक, फल, हरित, जल, गोरस, इक्षु, आहारोपयोगी (तेल, नुन र मसला) लाई आहारमा समावेश गरेको पाइन्छ । धर्तीमाताले दिएको र सूर्यकिरणले सिञ्चित आहार पवित्र र स्वस्थकर मानिन्छ । आहारलाई साìिवक आहार, राजस आहार र तामस आहार भनी वर्गीकरण गरेको पाइन्छ । साìिवक वर्गमा पर्ने आहार शारीरिक र मानसिक स्वास्थ्यका लागि सर्वोत्तम मानिएको छ । आयु, बुद्धि, बल, आरोग्य, सुख र प्रीतिलाई बढाउने, रसयुक्त नरम र स्थिर रहने एवं स्वभावतः मनलाई प्रिय आहार अर्थात् भोजनका पदार्थहरूलाई साविक आहार भनिन्छ । आधा पाकेको, रसरहित, दुर्गन्धयुक्त, बासी, जुठो र अपवित्र भोजनलाई तामस भोजन भनिन्छ । तामसिक वर्गमा पर्ने आहार शारीरिक र मानसिक स्वास्थ्यका लागि घातक छन् । 

आधुनिक खाद्य प्रविधिले ‘निर्धारित सीमा भित्र’ भन्ने सर्तका साथ स्वीकृति प्रदान गर्दा मिसाउन अनुमति दिइने रङ्गाउने पदार्थ, बसाउने पदार्थ, फुलाउने पदार्थ र सुरक्षण पदार्थ अखाद्य वस्तु हुन् । त्यस्ता बोतलबन्द र पाकेटबन्द खानेकुरा कति खाँदा ‘निर्धारित सीमा भित्र’ हुने भन्ने कुराको उत्तर स्वीकृति प्रदान गर्ने विज्ञ वा निकायसित पनि छैन । हाम्रो विज्ञानले त्यस्ता खानालाई तामसी वर्गमा राख्छ । आधुनिक र व्यस्त जीवनका नाममा स्वास्थ्य रक्षाको मूलमा भूल गर्दै कमाइको दौडमा होड लगाउँदा कालान्तरमा ती अखाद्य तìव शरीरमा थुप्रिँदै जाँदा नसर्ने रोगको सिकार भई आजीवन औषधि सेवन, धन नाश र अकाल मृत्युको दुष्चक्रमा हाम्रा नागरिक फँसिरहेका छन् ।

हाम्रो चिकित्सा विज्ञानले स्वस्थकर र उत्तम मानेको चरिचरनमा चरेको, शुद्ध घाँसपात, अन्नको कुँडो खाएको गाइभैँसीको दूध उमालेर दारको ठेकीमा दही जमाएर मही पारी तयार पारेको घिउ सेवनमा त्रासको मानसिकता सिर्जना गरिएको छ । यस्तो घिउ सेवन नगर्नेलाई भिटामिन डीको कमी, विस्मृति रोग, हाड जोर्नी र नसाको समस्या, हर्मोनमा गडबडी, एलर्जी, अनुर्जताजन्य रोग (अटोइम्युन डिजिज) र प्रजनन तथा यौनकार्यजन्य कमजोरी बढी देखिने गरेको मेरो लामो चिकित्सा अनुभवमा देखेको छु । समृद्ध नेपाल, सुखी नेपाली, आरोग्य नागरिक, खुसी नागरिकको नारा दिने हाम्रो सरकारले भुटन बढी प्रयोग गर्ने नेपाली नागरिकलाई नेपाली माटोमा उब्जेको तोरीको शुद्ध तेल र माथि भनिएको जस्तै घिउमा आत्मनिर्भर बनाउन सके नसर्ने रोगको रोकथाममा टेवा पुग्छ । 

खाना पकाउने ठाउँको पवित्रता, पकाउने अन्नको पवित्रता, खाना पकाउने मानिसको पवित्रता, खाना पकाउने मानिसको मनको पवित्रता, खाना खाने बेला शरीर र वस्त्रको पवित्रता, खाना खाने र पस्किनेबीचको सौमनस्यता, खाना खाइरहँदाको खाने व्यक्तिको मनोशारीरिक अवस्था, खाना खाइसकेपछि पालना गर्नुपर्ने अवस्थाजस्ता वैदिक खानपान विधिको सचेतना फैलाउन जरुरी छ ।

शारीरिक व्यायाम नगर्दा पानी तालिएको कुवामा लेउ फोहोरमैला जम्मा भएजस्तै हाम्रो शरीरमा पनि फोहरमैला जम्मा हुने र रोग लाग्ने कुचक्र सुरु हुने भई हामी रोगी हुने गर्दछौँ । अतः दैनिक दुई घण्टा शारीरिक व्यायाम गर्ने बानीको विकास गर्नुपर्छ । व्यायामको परिभाषाअनुसार पसिना आउनु, श्वासप्रश्वासको गति बढनु, मुटुको धड्कन बढ्नु र व्यायाम सकिएपछि शरीर हल्का महसुस हुनु आवश्यक मानिन्छ । लर्याङलुरुङ गरेर व्यायाम भएको मानिँदैन । हाम्रो चिकित्सा विज्ञानले आफ्नो बलको आधा मात्र व्यायाम गर्नुपर्ने मान्यता राख्छ । आफ्नो शक्तिभन्दा बढी व्यायाम पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । दिनदिनै सकारात्मक विषय, महापुरुषका जीवनी, वेद, पुराण, महाभारत, गीताजस्ता आध्यात्म शास्त्रको अध्ययन गर्ने, ध्यान गर्ने, साथीभाइ जम्मा पारेर स्वस्थ छलफल एवं चर्चा परिचर्चा गर्ने र आफ्नो विषय विज्ञताभन्दा भिन्न विषय अध्ययन गर्नाले मानसिक व्यायाम हुने गर्छ । जसले गर्दा शारीरिक र मानसिक स्वास्थ्य राम्रो भई नसर्ने रोग लाग्ने सम्भावना न्यून हुन्छ ।

मूलको पानी, परम्परागत खाना, वैदिक खानापिन विधि, नेपाली घिउ र तेल, परम्परागत खाना, व्यक्तिगत र सामाजिक संस्कृति, संस्कृत भाषा, पूजापाठ, वरपिपल शमी चौतारी संस्कृति हामीले बिर्सन थालेका परम्परागत ज्ञान, सीप र प्रविधि हुन् । यिनीहरूको जगेर्ना गर्नु हामी सबैको कर्तव्य हो । शारीरिक, मानसिक, सामाजिक, भावनात्मक र वातावरणीय स्वास्थ्य रक्षामा यी महìवपूर्ण छन् । स्वास्थ्य व्यवस्थापनका लागि मनको व्यवस्थापन, जिब्रोको व्यवस्थापन र वाणीको व्यवस्थापन महìवपूर्ण हुन्छ ।

पीडामुक्त जीवन, राम्रो आवाज र अनुहारमा कान्ति, शरीरमा फुर्ती र बल, राम्रो भोक, भोजनमा रुचि, राम्रो पाचन क्षमता, मिठो निद्रा, राम्रो सपना, बिहान उठ्दा शरीरमा स्फूर्ति, बिना कष्ट अधोवायु, दिशा, पिसाब, र शुक्रको निष्कासन मन, बुद्धि र इन्द्रियमा खुसी विषयगत स्वस्थ जीवनका लक्षण हुन् । हामीमा यी लक्षण छन् भने हामी स्वस्थ छौँ भन्ने थाहा हुन्छ । कुनै प्रयोगशाला, अस्पताल वा चिकित्सकसित परीक्षण गराइराख्नुपर्ने जरुरत पर्दैन ।

 बेलुकाको खाना सूर्यास्तपूर्व खाने बानीको विकास गरौँ । बेलुका ९ बजे सुत्ने बानी बसालौँ । बेलुकाको खानापछि आधा घण्टा चङ्कमण गरौँ । सुत्नुपूर्व नित्य एक अध्याय गीता पाठ गरौँ । दिनको दुई घण्टा शारीरिक व्यायामका लागि समय निकालौँ । धूमपान मद्यपान र सुर्तीजन्य पदार्थको त्याग गरौँ । साìिवक भोजन गरौँ । बजारी खाना तथा बोतलबन्द गुलिया पेय सेवन नगरौँ । भान्सामा शुद्ध नेपाली तोरीको तेल र उमालेको दूध दारको ठेकीमा दही जमाएर तयार पारेको घिउ प्रयोग गरौँ । धेरैबेर उमालेको चिल्लो पदार्थमा तयार पारेको परिकार सेवन नगरौँ । शुद्ध प्राकृतिक खानाको मात्र प्रयोग गरौँ । विद्यालय जाने बालबालिकालाई घरमै तयार पारेको शुद्ध प्राकृतिक खाजा पठाउने गरौँ । सकारात्मक सोचको बानी बसालौँ ।