• २३ असार २०८१, आइतबार

सङ्कटामा पुनः इन्द्रमान

blog

संकटाका निर्वाचित पदाधिकारीहरु ।

काठमाडौं, पुस १७ गते । सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब सङ्कटाको अध्यक्षमा इन्द्रमान तुलाधर फेरि निर्वाचित हुनुभएको छ । क्लबको शनिबार सम्पन्न चुनावी साधारण सभाले तुलाधरलाई पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।

क्लबको उपाध्यक्षहरूमा राजुमान तुलाधर, चन्द्रमान तुलाधर, राम सुवाल र राजेन्द्र तुलाधर निर्वाचित हुनुभएको छ । यसैगरी महिला उपाध्यक्षमा नलिनी देवी सिंह, महासचिवमा रमेशध्वज बस्नेत, कोषाध्यक्षमा रबिहर्ष बज्राचार्य, सचिवमा आशिषमान सिंह र सह–कोषाध्यक्षमा राजेन्द्र खड्की निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा नानीमैया डङ्गोल, सुदन बज्राचार्य, आशिषचन्द्र शिख्राकार, रमेशमान तुलाधर, अजय तुलाधर, सन्नी शिख्राकार, कन्हैया बज्राचार्य, विमला तुलाधर, वीरेन्द्र महर्जन र सगुन शिख्राकार निर्वाचित हुनुभएको छ ।