• २३ असार २०८१, आइतबार

बेन्जेमा चम्किएपछि रियल शीर्षस्थानमा

blog

गोल गरेपछि खुशी मनाउँदै करिम बेन्जेमा । तस्बिर : एएफपी

काठमाडौं, पुस १६ गते । फ्रान्सेली स्टार करिम बेन्जेमा चम्किएपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालको छ । शुक्रबार राति भएको खेलमा रियल म्याड्रिडले रियल भालाडोलिडलाई उसैको मैदानमा २–० गोलले हरायो । जितसँगै रियल लिगको शीर्षस्थानमा उक्लिएको छ ।

घरेलु टोलीलाई दबाबमा राखे पनि रियलले गोल गर्नका लागि दोस्रो हाफ कुर्नुपरेको थियो । ८२औं मिनेटमा भालाडोलिड १० खेलाडीमा समेटिएको थियो । जाभी सान्चेजले डिबक्सभित्र ह्यान्डढ गरेपछि रेफ्रीले रियललाई पेनाल्टी प्रदान गरेका थिए ।

त्यसमा असन्तुष्टि जनाएपछि सर्जियो लियोनलाई सोझै रातो कार्ड देखाइएको थियो । जुन पेनाल्टीलाई बेन्जेमाले सदुपयोग गर्नुभयो । त्यसपछि ८९औं मिनेटमा बेन्जेमाले इडुआर्डो काभिङ्गाको  पासमा गोल गरेपछि रियल सजिलै विजयी भयो ।

जितसँगै रियल बार्सिलोनालाई पछि पार्दै शीर्षस्थानमा छ । रियलले १५ खेलबाट ३८ अङ्क बनाएको छ । एक खेल कम खेलेको बार्सिलोनाको ३७ अङ्क छ । पराजित भालाडोलिड १७ अङ्कसहित १५औं स्थानमा छ । एजेन्सी