• १२ साउन २०८१, शनिबार

सेन्ट्रल जोन बीच भलिबलमा नेपाल दोस्रो

blog

बीच भलिबलमा सहभागी नेपालको पुरुष र महिला टोली ।

काठमाडौं, पुस १५ गते । बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला  बीच भलिबलमा नेपाल दोस्रो भएको छ । नेपाली टोली पुरुष र महिला दुवैमा उपविजेता बनेको हो । पुरुषतर्फ शुक्रबार बिहान भएको फाइनलमा नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी माल्दिभ्सका एडाम नासिम र स्मेलको जोडीसँग २–० को सोझो सेटमा पराजित हुनुभयो । 

नेपाल पहिलो सेट २१–१३ र दोस्रो सेटमा २११९ ले पछि परेको थियो । तेस्रो स्थानमा बंगलादेश रह्यो । बंगलादेशले किर्गिस्तानलाई २–० को सोझो सेटमा हरायो । पुरुषतर्फ आयोजक बंगलादेशसँगै नेपाल, किर्गिस्तान, भुटान र माल्दिभ्सको सहभागिता रहेको थियो ।

महिलातर्फ बिहीबार भएको फाइनलमा नेपालको कोपिला उप्रेती र कमला पुनको जोडी  श्रीलंकाकी चथुरिका र दीपिकाको जोडीसँग २–० को सोझो सेटमा पराजित हुँदै उपविजेता बनेको हो ।