• २३ असार २०८१, आइतबार

एट्लेटिकोको सहज जित

blog

गोल गरेपछि खुशी मनाउँदै एट्लेटिकोका जोआओ फेलिक्स । तस्बिर : एएफपी

काठमाडौं, पुस १५ गते । एट्लेटिको म्याड्रिडले स्पेनि ला लिगामा सहज जित निकालेको छ । कतार विश्वकप पछि बिहीबार राति देखि पुन: सुरु भएको लिगमा एट्लेटिकोले इल्चेलाई २–० गोलले हरायो । घरेलु मैदानमा एट्लेटिकोलाई जिताउन जोआओ फेलिक्स र अल्भारो मोराटाले गोल गर्नुभयो ।

दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा जोआओले ५६औं मिनेटमा खाता खोल्नुभयो । अर्को गोल मोराटाले ७४औं मिनेटमा थप्नुभएको थियो । कार्डको वर्षा भएको खेलमा इल्चे पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा गोन्जालो भेर्डु सोझै रातो कार्ड पाउँदै बाहिरिनु भएको थियो । दोस्रो हाफमा एट्लेटिको पनि १० खेलाडीमा समेटियो । ५३औं मिनेटमा मारियो हर्मोसो दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिनुभएको थियो । खेलको अन्तिममा इल्चे नौ खेलाडीमा समेटिएपछि उसको गोल फर्काएने प्रयास सफल भएन ।

डमिन्गोज क्वीना दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिनुभएको थियो । जितसँगै एट्लेटिको ते्स्रो स्थानमा उक्लिएको छ । एट्लेटिकोले १५ खेलबाट २७ अंक बनाएको छ । पराजित इल्चे चार अंकसहित तालिकाको अन्तिममा छ ।

शीर्षस्थानमा रहेको बार्सिलोनाको ३७ र दोस्रो स्थनमा रहेको रियल म्याड्रिडको ३५ अंक छ । अन्य खेलमा रायो भालेकानो र गिरोना २-२ तथा रियल बेटिस र एथ्लेटिक बिल्बाओले गोल रहित बराबरी खेल्दै अंक बाँडेको छ । एजेन्सी