• २३ असार २०८१, आइतबार

स्पेनिस क्लबसँग काठमाडौं-११ पराजित

blog

मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दै स्पेन र काठमाडोैं-११ का खेलाडी ।

काठमाडौं, पुस १४ गते । नेपाल भ्रमणमा रहेको स्पेनिस क्लब कासेरेन्यो सिपीले मैत्रीपूर्ण खेलमा काठमाडौं-११ टिमलाई हराएको छ । दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा कासेरेन्यो सिपीले काठमाडौं-११लाई २-१ गोलले हराएको हो ।

कासेरेन्योको जितमा अल्भारो क्लाउसले ४१औं र डेभिड ग्रान्डेले ८२औं मिनेटमा एक एक गोल गर्नुभयो । काठमाडौं ११ का लागि जर्ज प्रिन्स कार्कीले ८६औं मिनेटमा सान्त्वना गोल फर्काउनुभयो । काठमाडौं-११ नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनको कप्तानीमा उत्रिएको थियो ।

स्पेनिस टोलीले बुधबार मात्र पोखरा रंगशालामा गण्डकी-११लाई पनि ३-० गोलले पराजित गरेको थियो । स्पेनिस क्लब र काठमाडौं-११ को खेल हेर्न पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि रंगशाला पुग्नुभएको थियो ।