• १३ असोज २०८१, आइतबार

कर्णालीका नवनिर्वाचित सांसदहरूद्वारा शपथ ग्रहण

blog

पद तथा गोपनीयताको शपथ लिनुहुँदै नवनिर्वाचित सांसदहरु । तस्बिर : नविन शाही

नवीन शाही

सुर्खेत, पुस ११ गते । कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहसमक्ष उहाँहरूले शपथ लिनुभएको हो। ज्येष्ठ सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाउनुभएको थियो। शाहले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाउनुभएको हो ।

कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १–१ जना स्वतन्त्र गरी ४० जना सांसद रहनुभएको छ । जसमध्ये २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बन्नुभएको हो ।