• १२ असोज २०८१, शनिबार

उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जाँदै

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ११ गते । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले) पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुनेभएको छ । एमाले नेता विशाल भट्टराईका अनुसार सत्ता साझेदार दलहरुसँग मन्त्रालय बाँडफाँट सम्बन्धमा छलफलपछि नेता पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय भएको हो ।

उपाध्यक्ष पौडेललाई अर्थ मन्त्रालयसहित उपप्रधानमन्त्रीको जिम्मेवारी दिने निर्णय भएको छ । एमालेले कति वटा र कुन–कुन मन्त्रालय पाउने भन्नेबारे अन्तिम टुङ्गो लागिनसके पनि पहिलो चरणमा दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्र राईले मन्त्रीको शपथ खाने करिब टुङ्गो लागिसकेको छ ।