• २३ वैशाख २०८१, आइतबार

कांग्रेस संसदीय दलको नेतामा गगन थापाको उम्मेदवारी दर्ता

blog

नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिन सिंहरबार पुग्नुभएको महामन्त्री गगन थापासहितका नेता । तस्बिर : केशब गुरुङ

काठमाडौं, पुस ५ गते । नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

मङ्गलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेर महामन्त्री थापाले संसदीय दलमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।

महामन्त्री थापाको प्रस्तावकमा कांग्रेस नेता डा. शेखर कोइराला तथा समर्थकमा पार्टीका उपसभापति समेत रहनुभएका सांसद धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल हुनुहुन्छ ।

कांग्रेस संसदीय दलको निर्वाचन पुस ६ गते बुधबार हुँदैछ । निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

संसदीय दलको विधानबमोजिम दलको नेता चुनिन ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था छ । हाल कांग्रेसबाट निर्वाचित प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सांसद छन् ।

कांग्रेसका ८९ जना सांसद नै संसदीय दलको नेताको चुनावमा मतदाता हुन् ।