• २३ वैशाख २०८१, आइतबार

कांग्रेस संसदीय दलमा सभापति र महामन्त्रीको उम्मेदवारी

blog

नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा । फाइल तस्बिर

काठमाडौं, पुस ५ गते । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने भएको छ। 

पार्टी सभापति देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल बन्नुभएको छ । उहाँको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का हुनुहुन्छ । 

दलको नेताका लागि उम्मेदवारी दिने भनी चुनावअघि नै सार्वजनिक धारणा राख्दै आउनुभएका कांग्रेस महामन्त्री थापाले उम्मेदवारी दिनुहुने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो । 

महामन्त्री थापाको प्रस्तावकमा कांग्रेस नेता डा. शेखर कोइराला तथा समर्थकमा पार्टीका उपसभापतिसमेत रहनुभएका सांसद धनराज गुरुङ, विश्वप्रकाश शर्मा प्रदीप पौडेल हुनुहुन्छ ।

कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।