• २३ वैशाख २०८१, आइतबार

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको उम्मेदवारी दर्ता

blog

पार्टी संसदीय दलको नेताका लागि उम्मेदवारी दिन जानुहुँदै कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : केशब गुरुङ

काठमाडौं, पुस ५ गते । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गर्नुभएको छ। पार्टी सभापति देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल बन्नुभएको छ भने समर्थक उपसभापति पूर्णबहादुर खड्का हुनुहुन्छ। 

कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि यसअघि नै महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गरिसक्नु भएको छ। कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ। 


कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधबार हुँदैछ। मतदान पुस ६ गते बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ। संसदीय दलको विधानबमोजिम दलको नेता चुनिन ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था छ। कांग्रेसबाट निर्वाचित प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सांसद छन्।

कांग्रेसका ८९ जना सांसद नै संसदीय दलको नेताको चुनावमा मतदाता हुन्।