रजनी योगी
सुर्खेत, पुुस ४ गते । वीरेन्द्रनगर–१० की सञ्जुुमाया चौधरी आठ वर्षसम्म घरेलुु हिंसाको सिकार हुुनुुप¥यो । लामो समय घरपरिवारबाटै चौधरीले मानसिक तथा शारीरिक यातना खेप्नुुपरेको थियो । हिंसापीडित उहाँले न्यायका लागि विभिन्न निकाय धाउनुुभयो ।
परिवारबाटै हिंसामा पर्नुभएको उहाँलाई सामान्य जीवन जिउन पनि मुस्किल थियो । कुनै बेला परिवारको अन्याय र हिंसाका कारण बाँच्ने आधार नै नदेखेकी चौधरी आफ्नो न्यायका लागि लड्दालड्दै अहिले आफैँ हिंसाविरुद्धको अभियन्ता हुनुुभएको छ । उहाँले आफूजस्तै हिंसाको सिकार भएका महिलालाई न्याय दिन पैरवी गरिरहनुुभएको छ ।
हिंसाविरुद्ध उभिने क्रममा श्रीमान्सँग सम्बन्धविच्छेद गरेर छुुट्टै बस्न थाल्नुुभएकी चौधरीले भन्नुभयो, “मैले श्रीमान्बाट पाउनसम्म यातना पाएँ, त्यस्तो बेला घरपरिवारका अरू सदस्यले पनि हेरेनन् । यस्तो अवस्थामा न्याय दिनुपर्छ भन्ने लागेर अहिले हिंसाका घटनामा पीडितको न्यायका लागि काम गरिरहेकी छु ।”
चौधरी केही वर्षअघि अनौपचारिक सेवा केन्द्र (इन्सेक)को महिला रक्षक सञ्जालमा आबद्ध हुनुुभयो । त्यही तालिमको सहारामा स्वरोजगार बनेपछि घरखर्च चलाउन सहज भयो । उहाँले भन्नुुभयो, “आत्मनिर्भर भएपछि दैनिकी सहज बन्दै गयो । त्यसपछि अन्य दिदीबहीनीलाई पनि साथ दिन सकेँ ।”
अरूको हक, अधिकार र न्यायका लागि लड्ने उहाँ महिला आत्मनिर्भर नहुँदा पनि घरेलु हिंसाको सिकार हुनु परिरहेको बताउनुुहुुन्छ । आत्मनिर्भर भए आत्मविश्वास पनि बढ्ने उहाँको भनाइ छ । वीरेन्द्रनगर–१ की तुुलसी गिरीले कलिलै उमेरमा विवाह गर्नुभयो, त्यो पनि बहुविवाह । उहाँलाई घरपरिवार र समाजले तिरस्कार ग¥यो । बिहे गरेर गएको घरमा बस्न पाउनुुभएन । उमेर नपुग्दै अन्जानमा बिहे गर्नुभएकी उहाँले अनेक कष्ट खेप्नुुप¥यो । नौ वर्षसम्म परिवारको तिरस्कार खेपेकी गिरीलाई २०७९ वैशाखमा झनै ठूलो वज्रपात प¥यो । उहाँको श्रीमान्को मृत्युु भयो ।
परिवारको साथ नपाए पनि श्रीमान्सँग सङ्घर्ष गरेर गुजारा चलाइरहनुुभएकी उहाँलाई साथ दिने अब कोही भएनन् । सन्तानको भविष्यको चिन्ताले सताउने गरेको उहाँ बताउनुुहुुन्छ । उहाँले पछिल्लो समय आफूजस्तै हिंसामा परेका महिलाका लागि काम गर्दै आउनुुभएको छ । उहाँले भन्नुुभयो, “महिला हिंसाविरुद्धका विभिन्न अभियानमा सरिक भइरहेकी छु, त्यस्ता अभियानमा जोडिँदा आत्मविश्वास बढ्ने रहेछ ।”
सानै उमेरमै बिहे गरेकी उहाँले अहिले विद्यालयमा बालिकालाई सचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्नुहुुन्छ । लैङ्गिक हिंसाविरुद्ध आवाज उठाउन थाल्नुुभएकी उहाँले अधिकांश महिला आर्थिक अभाव र शिक्षाको कमीका कारण हिंसामा परेको बताउनुभयो ।
आफैँ हिंसामा परेर न्याय खोज्दै अरूको पनि सहारा बनिरहेका उहाँहरू केही प्रतिनिधि पात्र हुनुुहुुन्छ । अहिले पनि थुप्रै महिला विभिन्न वहानामा घरपरिवार र समाजबाट अनेक हिंसाको सिकार भइरहेका छन् । महिला लैङ्गिक हिंसा, घरेलु हिंसा र बलात्कारजस्ता घटनामा पीडित छन् ।
समाजमा चेतनाको स्तर बढ्दै गए पनि हिंसाका घटनामा भने कमी आउनुको साटो झनझन् बढ्दै गएको अधिवक्ता गीता कोइराला बताउनुुहुुन्छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला वर्षमा महिला हिंसाका उजुरी बढ्दो क्रममा छन् । कर्णालीमा महिला हिंसासम्बन्धी उजुरी धेरै पर्ने गरेको पाइएको छ । घरेलु, यौनजन्य र लैङ्गिक हिंसाका उजुरी दैनिकजसो आउने गरेको प्रहरीले जनाएको छ ।