• २० असार २०८१, बिहिबार

प्रहरी निरीक्षकसहित दुई जनाको सुतेकै ठाउँमा मृत्यु

blog

सन्तोष राउत

सोलुखुम्बु, मङ्सिर २९ गते । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–३ बासामा प्रहरी निरीक्षक श्रीप्रसाद राई सुतेकै अवस्थामा मृत भेटिनुभएको छ । बेलुका खानपान गरेर सुत्नुभएका राई घरैमा ओछ्यानमा मृत भेटिनुभएको हो ।

प्रहरी निरीक्षक राई ओखलढुङ्गाको इलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रहरी प्रमुख हुनुहुन्थ्यो । राई पारिवारिक भेटघाटका लागि केही दिन अगाडि मात्र घर बिदामा आउनुभएको थियो । उहाँको सब पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सोलुखुम्बुका एक युवकको दक्षिण कोरियामा सुतेकै ठाउँमा ज्यान गएको छ । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानी घर भई दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय रामप्रकाश मगरको ज्यान गएको हो ।

बेलुका राम्रैसँग सुतेका मगरको हृदयाघातका कारण ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । मगर केही दिनदेखि प्रेसरका कारण सामान्य बिरामी रहेको परिवारले जनाएको छ । मगर करिब पाँच वर्षअघि कोरिया जानुभएको थियो ।