• २१ असोज २०८१, सोमबार

दोलखामा तीन सय मेट्रिकटन धान उत्पादनमा कमी

blog

बाबुराम शर्मा, 

दोलखा, मङ्सिर २९ गते । दोलखामा यस वर्ष गत वर्षको तुलनामा करिब तीन सय मेट्रिकटनभन्दा बढी धान कम उत्पादन भएको छ । 

जिल्लामा गत वर्ष सात हजार ६५८ दशमलव ६४ मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष सात हजार ३३९दशमलव ५३ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाका कृषि विकास अधिकृत नन्दराज ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा वर्ष गत वर्षको तुलनामा तीन सय १९ दशमलव ११ मेट्रिक टन धान कम उत्पादन भएको हो । जिल्लामा यस वर्ष दुई हजार ९३१ हेक्टर क्षेत्रमा धानमा रोपिएकोमा सात हजार ३३९दशमलव ५३ मेट्रिक टन धान उत्पादन भएको छ । 

धान रोप्ने समयमा रासायनिक मल अभाव हुनु, धान फल्ने समयमा बढी पानी पर्नु, धानमा रोग लाग्नेलगायतका कारण धान उत्पादन कम भएको दोलखाका कृषि विकास अधिकृत ओलीले जानकारी दिनुभयो ।