• १६ वैशाख २०८१, आइतबार

प्रधानमन्त्रीद्वारा चित्रकला प्रदर्शनीको अवलोकन

blog

चित्रकला प्रदर्शनीको अवलोकन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : कविन अघिकारी

काठमाडौं, मङ्सिर २५ गते । गाउँपालिका महासङ्घ नेपालको तेस्रो राष्ट्रिय अधिवेशनको अवसरमा आइतबार चित्रकला प्रदर्शनी भएको छ । चित्रकला प्रदर्शनीको प्रधानमन्त्री शेरबहादुर देउवाले अवलोकन गर्नुभएको छ । महासङ्घ चार सय ६० गाउँपालिकाको छाता सङ्गठन हो । तीन दिनसम्म चल्ने महासङ्घको महाधिवेशन प्रतिनिधिका रूपमा देशभरिका गाउँपालिकाबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष र हरेक जिल्लाबाट एक जना वडाध्यक्ष वा सदस्य रहने व्यवस्था छ । महाधिवेशनबाट पाँच वर्षका लागि ३७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित हुने व्यवस्था छ। 

 तस्बिर : कविन अधिकारी