• ११ वैशाख २०८१, मङ्गलबार

एमालेले तय गर्‍यो प्रदेशतर्फको समानुपातिक सांसदको नाम (सूचिसहित)

blog

काठमाडौं, मंसिर २४ गते । नेकपा (एमाले) ले प्रदेश तर्फको समानुपातिक सांसदको नाम टुङ्गो लगाएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा आज शनिबार बसेको पदाधिकारीको बैठकले नाम टुङ्गो लगाएको हो । आजै एमालेले समानुपातिक सूचीमा निर्वाचन आयोगमा बुझाएको छ । 

पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसी सबै प्रदेशका लागि समानुपातिक सांसदको नाम टुङ्गो लगाएको छ । सो अवसरमा अध्यक्ष ओलीले निर्वाचन परिणाम र पार्टीको आगामी कार्यभारका विषयमा धारणा राख्नुभएको थियो ।

अध्यक्ष ओलीले मंसिर ४ गते सम्पन्न निर्वाचन परिणामबाट मुलुक अस्थिरतातर्पm जाने अवस्था देखिएको बताउनुहुँदै क्षयीकरण भइरहेको सामाजिक मूल्य मान्यता र आर्थिक सङ्कटतर्फ धकेलिएको मुलुकलाई सही बाटोमा ल्याउन पार्र्टीले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।    

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारहरूको अन्तिम सूची निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।

यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेकपा (एमाले) ले समानुपातिकतर्फ सर्वाधिक मत प्राप्त गरेको छ । सो अनुसार एमालेबाट प्रतिनिधिसभा सदस्यमा ३४ जना र सात प्रदेशसभामा ७० जना प्रदेशसभा सदस्य गरी १०४ जना निर्वाचित हुनुहुनेछ । 

प्रदेश–१ मा १५ जना, मधेश प्रदेशमा ८ जना, बागमतिमा –१४ जना, गण्डकीमा –१० जना, लुम्बिनीमा ११ जना, कर्णालीमा ५ जना र सुदूरपश्चिममा –७ जना निर्वाचित हुनुहुने भएको छ । 

एमाले प्रचार विभाग सचिव गगन विष्टका अनुसार एमालेले पार्टी बैठकबाट तयार गरेको सबै सूची निर्वाचन आयोगमा आज बुझाएको छ । 

एमालेले निर्वाचन आयोगमा पठाएको नामावली यसप्रकार छः


Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।