• ११ वैशाख २०८१, मङ्गलबार

किम्फमा चलचित्र मट्टो की साइकिल

blog

काठमाडौँ, मङ्सिर २३ गते । काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २०औँ संस्करण बिहीबारदेखि राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा सुरु भएको छ ।

कमलकुमार निर्देशित चलचित्र ‘बाघको बङ्गारा’ प्रिमियरसँगै किम्फ सुरु भएको हो । त्यस्तै प्रकाश झा अभिनीत चलचित्र ‘मट्टो की साइकिल’को विशेष स्क्रिनिङ भएको छ । यस्तै सम्राट खनाल निर्देशित ‘थ्रू द सिङगिङ भिलेजर्स’, जाकुब ग्याजेला निर्देशित ‘डू सर अ क्याराकोरम’, बेन टिबेट्स र जोक होल्यान्ड निर्देशित ‘ट्राभर्स’, ग्युलरमो डे ओलिभेरा निर्देशित ‘सौरडग्स’ र एन्टोनी लिचेट निर्देशित चलचित्र ‘बल्ड फर हर्सेस’ प्रदर्शन भएका थिए । फेस्टिभल समापन पोलियो उन्मूलनका लागि एक अस्ट्रेलियन अपाङ्गता भएको व्यक्तिले सगरमाथा चढ्नलाई गरेको प्रयासबारे बनेको फिल्म ‘फ्लाई फ्रम एभरेस्ट’सँगै हुनेछ ।

महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः दुई लाख, एक लाख र ५० हजार रुपियाँ पुरस्कारस्वरूप पाउनेछन् भने नेपाली पानोरामाअन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका फिल्मलाई एक लाख र ७५ हजार रुपियाँ नगद पुरस्कार दिइनेछ ।