• १५ चैत २०८०, बिहिबार

‘उद्योगीहरु सडक आन्दोलनमा होइन, उत्पादनमा लाग्नुपर्छ’

अर्थतन्त्र सङ्कटमा छ भन्ने अभिव्यक्ति नदिनुस् : अर्थमन्त्री शर्मा

blog

बिहीबार काठमाडौंमा उद्घाटन भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री जनार्दन शर्मा । तस्बिर : कविन अधिकारी

काठमाडौं, मङ्सिर २२ गते। अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायी सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्नुपर्ने बताउनुभएको छ। 

बिहीबार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रिक टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीका समस्या समाधानको लागि सरकार गम्भीर रहको भन्दै उद्योगी व्यवसायी सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताउनुभएको हो। 

उहाँले सरकारले तरलता तथा बैङ्क ब्याजदर वृद्धि लगायतले उद्योग व्यवसायीका समस्या समाधानको लागि निजी क्षेत्र, राष्ट्र बैङ्क, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सहितको कार्यदल दिएको सुझावका आधारमा काम भइरहेको बताउनुभयो। 

उहाँले मन्त्रिपरिषद्मा सरकारको निजी क्षेत्रका समस्या समाधान गर्न हस्तक्षेप गर्नुपर्ने माग राखेको बताउनुभयो। मन्त्री शर्माले उद्योगी व्यवसायीले सडक रोज्नु नहुने भन्दै सरकारले कुनै पनि व्यवसायी सडकमा आउनुपर्ने वातावरण नबनाउने बताउनुभयो। 

उहाँले सरकार व्यवसायीका समस्या समाधान गर्ने नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदाहुँदै व्यवसायीले सडक रोज्न नहुने बताउनुभयो। 

मन्त्री शर्माले व्यवसाय नै छोडेर सडकमा आन्दोलन गर्ने व्यवसायीको काम नभएको बताउनुभयो। उहाँले बैङ्कको ब्याजदर वृद्धि, चालु पुँजी कर्जा निर्देशिकाको सन्दर्भमा सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको बताउनुभयो। उहाँले सरकार निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै बलियो अर्थतन्त्र बनाउन आवश्यक रहेको बताउनुभयो।  उहाँले व्यवसायीले निजी क्षेत्र निराश छन्, अर्थतन्त्र सङ्कटमा छ जस्ता अभिव्यक्ति नदिन आग्रह गर्नुभयो।


 ‘‘व्यवसायीहरू व्यवसायमा हुनुपर्छ सडकमा आउने होइन। व्यवसायीले सडक रोज्ने होइन। कुनै पनि व्यवसायी सडकमा जानु पर्दैन। सरकार नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदाहुँदै व्यवसायीहरूले सडक किन रोज्ने ? अहिले चुनाव सकिएको छ। पाँच वर्षका चुनावका उठ्ने भए सडक आन्दोलन पछि गर्नुहोला। सडकमा आन्दोलन गर्ने व्यवसायीको काम होइन’’, अर्थमन्त्री शर्माले भन्नुभयो, ‘‘अहिले व्यवसायीहरू उत्पादन व्यवसायमा लाग्नुस्। बैङ्कको ब्याजदर वृद्धि, चालु पुँजी कर्जा निर्देशिकाको सन्दर्भमा सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको छ। व्यवसायीको समस्यालाई समाधान गरेर सहज बनाउने विषयमा प्रधानमन्त्रीले चासो राख्नुभएको छ। समस्या समाधान गर्दै अर्थतन्त्रलाई बलियो बनाउने कुरा गर्नुपर्छ। निजी क्षेत्र निराश भयो, अर्थतन्त्र सङ्कटमा छ भनेर अभिव्यक्ति नदिनुस्।’’

त्यस्तै मन्त्री शर्माले सरकारले कोटा परिवर्तन गरेर पीपीए खुला गर्ने निर्णय गरिसकेकाले सम्बन्धित निकाले तत्काल पीपीए खुला गर्न आग्रह गर्नुभयो। उहाँले पीपीए खुला नगर्दा धेरै व्यवसायी मर्कामा परेकाले पीपीए तत्काल खुला गर्नुपर्ने बताउनु भयो। उहाँले नेपालमा उत्पादन भएको विद्युत् अपुग भएको बताउनु भयो। उहाँले अब विद्युत् बेच्ने जमाना नभएको भन्दै विद्युतलाई हाइड्रोजन बनाएर तेल आयात गर्ने देशमा इन्धन निर्यात गर्ने देशमा पुर्‍याउने सरकारको लक्ष्य हुनुपर्ने बताउनुभयो। उहाँले संविधानले जनताले उपभोग गर्ने धेरै अधिकार दिएकाले संविधानले दिएका अधिकार उपभोग गर्ने वातावरण बनाउनु राष्ट्रको क्षमता वृद्धि गर्दै आर्थिक वृद्धि गर्न आवश्यक देखिएको बताउनुभयो। 

मन्त्री शर्माले अटो व्यवसायीले उठाएको ५० प्रतिशत एलसी मार्जिन लगायतका व्यवस्थाको म्याद थप नहुने बताउनुभयो। उहाँले सरकारले अटो व्यवसाय क्षेत्रमा गरिएका नीतिगत व्यवस्थाको विषयमा गम्भीर रूपमा छलफल भएर निर्णय भएको भन्दै राजपत्रमा प्रकाशित भएपछि लागू हुने बताउनुभयो। उहाँले अटो व्यवसायीका माग सम्बोधन गर्ने पक्षमा रहेको बताउनुभयो। उहाँले सरकार अर्थतन्त्रमा समस्या गर्न नदिने गरी अगाडि बढ्न तयार रहेको बताउनुभयो। मन्त्री शर्माले प्रदर्शनी हल बनाउन निजी क्षेत्र तयार भए सरकार सहमति गर्न तयार रहेको बताउनुभयो।



मन्त्री शर्माले उद्योगी व्यवसायीले माग नभए भनेपछि अनुदान ८ प्रतिशत बनाएको निर्यात गर्न सुरु गरेका सिमेन्ट उद्योगी हराएको भन्दै टिप्पणी गर्नुभयो। उहाँले अनुदान र एक प्रतिशत मात्रै करको व्यवस्था गरे पनि व्यवसायी निदाएको बताउनुभयो।