• १५ वैशाख २०८१, शनिबार

काठमाडौं ओपनको पहिलो दिन रविको अग्रता

blog

काठमाडौं ओपन गल्फको पहिलो दिन सट प्रहार गर्दै रवि खड्का । तस्बिर : एनपीजीए

काठमाडौं, मंसिर २० गते । सूर्य नेपाल काठमाडौं ओपन गल्फको पहिलो दिन रवि खड्काले अग्रता लिनुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा मंगलबार देखि सुरु भएको प्रतियोगिताको पहिलो दिन रविले ६ अन्डर ६२ खेल्नुभयो । पहिलो नौ होलमा चार अन्डर ३० खेल्नुभएको रविले पछिल्लो नौ होलमा दुई अन्डर ३२ स्कोर खेल्नुभएको थियो । 

यसैगरी पाँच अन्डर ६३ खेल्नुभएका भुवन नगरकोटी दोस्रो, तीन अन्डर ६५ खेल्नुभएका शुक्रबहादुर राई तेस्रो, दुई अन्डर ६६ स्कोरसहित निरज तामाङ चौथो र एक अन्डर ६७ स्कोरका साथ रेमश अधिकारी पाँचौँ स्थानमा हुनुहुन्छ । 


यसैगरी एमेच्योरतर्फ दुई ओभर ७० खेल्नुभएका अजित विके पहिलो र १० ओभर ७८ स्कोरका साथ प्रज्वल गुरुङ दोस्रो स्थानमा हुनुहुन्छ । ७२ होलको चार दिने प्रतियोगितामा पाँच जना एमेच्योरसहित ३६ गल्फरको सहभागिता रहेको छ ।

३६ होलको समाप्तिपछि २१ व्यावसायिक गल्फरले फाइनल चरणमा स्थान बनाउनेछन् । कूल ६ लाख ७० हजार रुपियाँ पुरस्कार राशि रहेको प्रतियोगितामा विजेताले एक लाख १६ हजार, उपविजेताले ७४ हजार तथा तेस्रो स्थान हासिल गर्ने खेलाडीले ६३ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।

यसैगरी शीर्ष २१ स्थानमा रहने गल्फरलाई पनि गद पुरस्कार दिइने नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) बताइएको छ। एमेच्योरतर्फको विजेता र उपविजेतालाई ट्रफी प्रदान गरिनेछ ।