• २६ वैशाख २०८१, बुधबार

युक्रेनको सीमाक्षेत्र रुसी एयरफिल्डमा ‘ड्रोन आक्रमण’ : गभर्नर

blog

मस्को, मङ्सिर २० गते । एक चालकरहित विमान (ड्रोन) ले युक्रेनको सीमा क्षेत्रमा रहेको रुसको कुर्स्क क्षेत्रको एक एयरफिल्डमा आक्रमण गरेको छ । मस्कोले युक्रेनलाई दुई रुसी एयरफिल्डमा ड्रोन हमलाको लागि दोष लगाएको एक दिनपछि स्थानीय गभर्नरले मङ्गलबार सो जानकारी दिनुभएको छ ।

कुर्स्क एयरफिल्डको क्षेत्रमा ड्रोन आक्रमणको परिणामस्वरूप एउटा तेल भण्डारण ट्याङ्कीमा आगो लागेको तर कुनै हताहत नभएको गभर्नर रोमन स्टारोवोइटले सामाजिक सञ्जालमा जानकारी दिनुभएको छ । रासस/एएफपी