• ८ वैशाख २०८१, शनिबार

नेपाल र स्कटल्यान्ड भिड्दै

blog

फाइल तस्बिर ।

काठमाडौं, मंसिर १८ गते । नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले आज (आइतबार) स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा दिउँसो १:४५ बजे सुरु हुने खेलमा नेपाल जित निकाल्ने तयारीमा छ । शुक्रबार नेपाल र घरेलु टोली नामिबियाबीचको खेल वर्षाका कारण रोकिएको थियो ।

नामिबियासँग एक अङ्क बाँडेको नेपाल आजको खेलमा स्पष्ट जित निकाल्दै अङ्क तालिकामा सुधार गर्ने लक्ष्यमा छ । पहिलो खेलमा नामिबियालाई नेपालले एक सय ९८ रनको विजय लक्ष्य दिएको थियो ।

तर, नामिबियाले लक्ष्य पछ्याउने क्रममा चार बल खेल्दा पानी परेपछि खेल रोकिएको थियो । स्कटल्यान्ड नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो ।

नेपाल र स्कटल्यान्डबीच यसअघि एकदिवसीयमा दुई खेल भएको छ । जसमा दुवै टोलीले एक एक खेल जितेका छन् । यस सिरिजमा दुवै देश दोस्रो खेल खेल्न लागेका हुन् ।

पहिलो खेलमा स्कटल्यान्डले नामिबियालाई पराजित गरेको थियो । सात टोली सहभागी लिग–२ मा नेपाल अहिले २१ खेलबाट १८ अङ्क जोड्दै छैटौँ स्थानमा छ । २९ खेल सकेको स्कटल्यान्ड ४२ अङ्क सहित दोस्रो स्थानमा छ ।

हरेक टोलीले एक आपसमा कूल ३६ खेलपछि सिरिजको शीर्षतीनमा रहने टोली सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।