• १६ चैत २०८०, शुक्रबार

‘मेड इन इल्भा’ इटालीका मजदुरको कथा

blog

काठमाडौँ, मङ्सिर १६ गते । इटालीका मजदुरको कथा बोकेर ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव भन्ने नाराका साथ भइरहेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सातौँ दिनमा आइपुगेको छ । 

इटालीको नाटक ‘मेड इन इल्भा’ले प्रतिकूल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा बताउँछ । उत्तरआधुनिक परिवेशमा एक मानिस मेकानिक मानिसभन्दा पनि एकोहोरो चालको मेसिनमा परिणत हुन्छ र मात्र प्राविधिक कृत्रिम अस्तित्वमा रहन बाध्य हुन्छ । मानिसलाई मानवीय रूपमा नभई उपकरणका रूपमा मात्र लिने औद्योगिक मालिकहरूको प्रवृत्तिलाई यस नाटकले मञ्चन गर्छ । नाटकलाई अन्ना डोरा डोर्नोले निर्देशन गर्नुभएको छ भने निकोला पियन्जोला नाटकलाई लेख्नुभएको हो । 

त्यस्तै प्यानल डिस्कसनमा ‘थिएटर शिक्षा : अवसर र चुनौती’ भन्ने विषय रहेको थियो । यस विषयमा विश्वविद्यालयका सम्बन्धितहरू र थिएटर व्यक्तित्वबीच अन्तक्र्रिया गरिएको थियो ।

बिहीबारै कचहरी नाटक र क्लाउन नाटकसम्बन्धी कार्यशाला पनि सञ्चालन भयो भने मण्डला थिएटरले सञ्चालन गरेको पहिलो एकवर्षे ड्रामा स्कुलका क्रियाकलाप, उपलब्धि र प्रतिक्रिया समेटिएको वृत्तचित्र पनि महोत्सवमा प्रदर्शन भएका थिए ।