• ११ वैशाख २०८१, मङ्गलबार

निर्वाचनपछि व्यस्त जनजीवन (फोटो फिचर)

blog

काठमाडौं, मङ्सिर १३ गते । मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएसँगै मतदाताहरु खेतीपातीमै व्यस्त देखिएका छन् । लगाएका खेती उठाउन र विक्री वितरण गर्न किसानहरु व्यस्त छन् । 


मूला बिक्री गर्दै व्यापारी: पोखराको रत्नचोकमा नुवाकोटका किसानले उत्पादन गरेको मूला बिक्री गर्दै व्यापारी । प्रति मूठा मूलाको रु. एक सयमा बिक्री वितरण गरिएको छ । 


अन्य बाली छोडेर सुन्तला खेतीमा कृषक: पर्वतको मोदी गाउँपालिकास्थित देउपुरमा फलेका पहेँलपुर सुन्तला र पृष्ठभूमिमा देखिएको माछापुच्छ्रे हिमाल । राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले कोदो र मकै लगाउन छाडेर सुन्तला खेती सुरु गरेका हुन् । 


काँसको भाँडा बनाउँदै : भोजपुर नगरपालिका–१२, टक्सारको घरेलु उद्योगमा काँसका भाँडा बनाउँदैै महिला । यहाँ बनेका करुवा, थाल कचौरालगायत साम्रगी बाह्य जिल्लामा बढी माग हुने गरेको छ । 


मान्द्रोको व्यापार : मोरङको सुन्दरहरैँचा–९ स्थित बुधबारे बजारमा बिक्रीका लागि राखिएको बाँसबाट निर्मित मान्द्रो (भकारी) । किसानका लागि  धान राख्ने मुख्य सिजन मङ्सिर सुरू भएसँगै गाउँघरतिर मान्द्रोको खरिदबिक्री बढी हुने गर्दछ ।


सूर्यास्त : पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–३ ब्रमस्थानको नारायणी  किनारबाट देखिएको सूर्यास्त ।


पहाड फेदका पुराना घर : जाजरकोटको नलगाड नगरपालिका–११, हितानगाउँमा रहेका परम्परागत घर । ढुङ्गा र माटोको सहायताले निर्माण गरी ढुङ्गाले छाएका घरहरुमा चिसो याममा कम चिसो हुने र गर्मीयाममा पनि धेरै गर्मी नहुने भएकाले बस्नका लागि राम्रो मानिन्छ । 


कुलोमा माछा मार्दै : पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१२, पिठौली गैरीगाँउका थारू समुदायका मानिसहरु कुलोमा माछा मार्दै । खेतीपाती थन्काएपछि फुर्सदको समयमा यस समुदायका महिला,पुरुष माछा मार्ने गर्छन् । 


धौलागिरी हिमाल : बागलुङ नगरपालिका–४ कुडुलेबाट देखिएको धौलागिरि हिमाल । तस्बिरः रासस