• ८ वैशाख २०८१, शनिबार

पूर्ण स्तनपान गराउनेको सङख्या १० प्रतिशतले घट्यो

blog

काठमाडौं, मङ्सिर ९ गते । नेपालमा भने पछिल्लो पाँच वर्षमा यसरी पूर्ण स्तनपान गराउनेको सङ्ख्या १० प्रतिशतले घटेको तथ्याङ्क सार्वजनिक भएको छ ।  
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले गएको पाँच वर्षमा पूर्ण स्तनपान १० प्रतिशतले घट्एको देखाएको हो ।
सन् २०२२ को सर्वेक्षण प्रतिवेदनमा नेपालमा ५६ प्रतिशत आमाहरुले मात्रै शिशु जन्मिएको ५ महिनासम्म पूर्ण स्तनपान गराउने उल्लेख गरेको छ । जब पाँच वर्ष पहिले अर्थात् सन् २०१६ को प्रतिवेदनले पूर्ण स्तनपान गराउने आमाको प्रतिशत ६६ प्रतिशत रहेको उल्लेख थियो ।
सोही प्रतिवेदनमा ६ देखि २३ महिना उमेरका ४३ प्रतिशत बालबालिकालाई मिठो पेय प्रदार्थ खुवाइएको देखाएको छ भने ६९ प्रतिशत बालबालिकालाई अस्वस्थकर खानेकुरा खुवाएको प्रतिवेदनले देखाएको छ  ।
नेपालमा १९९६ मा ७५ प्रतिशत ,२००१ मा ६८ प्रतिशत, २००६ मा ५३ प्रतिशत ,२०११ मा ७० प्रतिशत, २०१६ मा ६६ प्रतिशत थियो ।
 बच्चालाई जन्मेदेखि छ महिना नलागेसम्म आमाको दूधबाहेक अन्य केही कुरा नखुवाउन चिकित्सको सुझाव छ ।