• १७ मंसिर २०७९, शनिबार

कास्की ३ बाट एमालेका दामोदर पौडेल वैरागी निर्वाचित

blog

सन्तोष सुवेदी

कास्की, मङ्सिर ९ गते । कास्की ३ बाट  एमालेका दामोदर पौडेल वैरागी निर्वाचित हुनुभएको छ । गण्डकीका बहालवाला अर्थमन्त्रीलाई ५ हजार ४ सय ४५ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । एमालेका वैरागी र  माओवादीका रामजी बराल जीवनको प्रतिस्पर्धालाई निकै रोचक ढङ्गले हेरिएको थियो ।

पौडेलले २२ हजार ९८० मत ल्याएर प्रतिनिधि सभामा निर्वाचित हुनुभएको हो । यस्तै, माओवादीका बरालले १७ हजार ५३५ मत प्राप्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल १२ हजार १८० मत ल्याउनुभयो ।