• ११ मंसिर २०८१, मङ्गलबार

गुल्मी १ को मतगणना चार दिनपछि सुरु

blog

तिलाचन पाण्डे

तम्घास, मङ्सिर ७ गते। प्रतिनिधि सभा गुल्मी १ को मतगणना प्रक्रिया चार दिनपछि सुरु भएको छ । जिल्ला समन्वय समिति गुल्मीको सभाहलमा बुधबारबाट कालीगण्डकी गाउँपालिका वडा नं. १ बाट मतगणना सुरु भएको हो ।

मङ्सिर ४ गते कालीगण्डकी गाउँपालिकाको वडा नं. २ अर्बेनिको भगवती माविमा भएको प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्रमा मतदान गर्नुपर्नेमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्रमा मतदान भएपछि मंगलबार पुनः मतदान भएको हो । आज बुधबार दिउँसोबाट मतगणना सुरु भएको छ ।

गुल्मी १ मा गठबन्धनको तर्फबाट काङ्ग्रेसका चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवालीबीच मुख्य प्रतिस्पर्धा रहेको छ। गुल्मी २ को भने अन्तिम मत परिणाम आउने तयारी भइरहेको छ। गुल्मी २ मा एमालेका गोकर्ण विष्टको जित करिब पक्का भएको छ । यद्यपि निर्वाचन आयोगले भने घोषणा गर्न बाँकी छ।